पुष्पराज खतिवडा
बारा

नेपालीको संबिधान २०७२ जारी भए पश्चात् आगामी ३० गते दोस्रोपटक स्थानीय तहको चनाव सम्पन्न हुँदैछ । पहिलो कार्यकालमा  संघियता संस्थागत गर्ने महत्वपूर्ण काम सम्पन्न भएको छ । जनताका सपना सहितका तमाम अपेक्षाका पहाड पहिल्याउने प्रयास भए । तर समाधान दिन सकेन जुन दुखको कुरा हो ।
किन यस्तो अवस्था आयो स्थानीय जनप्रतिनिधिले किन काम गर्न सकेनन् र आलोचित भैरहेत यसै बिषयमा मैले एकजना गाउँपालिका अध्यक्षसँग अन्तरंग कुराकानी गरेको थिंए । उनी पुन: उमेदवार भएकाले नाम प्रकाशित गर्न मानेनन् । नाम उल्लेख नगरी उनलेे भोगेका  मुख्य समस्या यो लेखमा पढ्न पाउनु हुने छ । उनका भनाइ अनुसार यस अवधिमा स्थानीय तहहरुले सडक  पुर्वाधारका क्षेत्रमा धेरै गरेका छन्  । कोरोनाको महामारीले अझ धेरै गर्न दिएन  ।

नयाँ संरचना भएकाले जनता अपेक्षा धेरै हुनु स्वभाविक हुन् । तर जनताका अपार अपेक्षाको भारी बोक्ने सर्वप्रथम कानुनी , आर्थिक र प्रशासनिक अधिकार सहितको हैसियत  नै पालिकाहरुका जनप्रतिनिधिलाइ छैन ।

हैसियतनै नभएपनि देखिने गरि रोजगारी सृजना हुनेगरी ठूलो परियोजनामा काम हुँदैन । चुनावमा मुलुकको कायापलट गर्ने अनि स्विजरल्याण्ड बनाउने सपना नबाँडे चुनाव जितिन्न । अफुबाट पार नलाग्ने समेतका योजना नारा सहितका सपना बाँड्ने दलहरुको रोज पुरानै हो । तिनै नारा र आश्वासन बोकेर दलहरुबाट हजारौं उमेदवार बन्छन् । तर हजार मध्य केही थानले मात्रै चुनाव जित्छ्न।

हार्नेहरुका मुद्दा  ५ बर्षकालागी बाकसमा थन्किन्छन । यता जित्नेले पनि हिजो सपना बाँडे जसरी काम गर्न कानुनी अड्चन, उपल्लो निकाएको र प्रतिपक्षीको असहयोगका कारण सक्दैनन् ।

नसक्नु नगर्ने प्रतिनिधिका लागि त ठिकै होला । तर जनहितमा केही गरौं भन्ने जनप्रतिनिधिका अगाडि हामीले नै बनाएका संसदहरुले बनाएका सयौं अल्झाउने कानुन र प्रशासनिक उल्झन तगारो बनिहाल्छ्न ।

यता तपाईंले काम गरे भोट पाउनुहुन्छ । मलाई के हुन्छ ? भन्ने प्रसाशकिय अधिकृत, कर्मचारी , आफनै कार्यकर्ताले थाप्ने पासोको बयान गरि साध्यको  छैन ,एकजना   पालिका प्रमुले गुनासो गरेका थिए । अझ मिडिया , प्रतिपक्षी , सेवाग्राही , कर्मचारी संगठन , ब्यपारी ठेकेदारले छुटाउने रन्कोले म कोहुँ भन्नेनै बिर्साउँछ । अझ अफ्नै पार्टीका उपल्लो नेताहरूका निर्देशन धम्की अनि अपेक्षाका झटारा थेगी साध्यक काहाँ हुन्छन् र, उनले सुनाए ।

यि र यती सबै जिम्मेवारी काँधमा बोकेर हिन्नु गफ गरे जस्तो कहाँ हुन्छन् र । सबैलाई  चाँजोपाँजो मिलाउने कलापनी सबकोइ जनप्रतिनिधिमा हुँदैन । कला नहुने जनप्रतिनिधी सबैको निसानामा पर्ने र अन्तमा केके अनेक आरोपको सामना गर्दै जनताको नजरमा खत्तमको संज्ञा पाउँछ उनले ५ बर्षीय अनुभव सुनाए ।

अन्तमा उनले एउटै सन्देश  ” हाम्रा अनी राम्रा आफ्ना उमेदवारलाई अत्यधिक मत दिएर विजय गराइ खत्तम पारौं ।”
आखिर सर्वसाधारण जनताले पालिकाबाट पाउने भनेको नागरिता सिफारिस ,जन्म दर्ता र चुनावमा मासु चिउरा  मात्रै हो । साथमा रौसी खानपनी उमेदवारको खास हुनपर्छ ।
अरुत जय श्रीराम भो !!
उनका कुरा सुनेर घुमेको मेरो दिमाग एकसातापछी ठाउँमा आइपुगेकाले तपाईं बिच राख्न पाएँ ।

पढेर प्रतिक्रिया पाउँ प्लिज ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय