पुष्पराज खतिवडा
बारा : जिल्ला शुरक्षा समितिले जिल्लाका ३०३ मतदान स्थललाई अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरी ३ प्रकारले बर्गिकरण गरेको छ । कुल मतदान स्थलहरु मध्ये १४४ वटालाई अतिसंवेदनशिल, १०८ वटालाई संवेदनशिल र ५१ वटालाई समान्यमा वर्गिकरण गरिएको बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
जिल्लामा ३०३ मतदान स्थल र ५४१ वटा मतदान केन्द्र छन् । यीने मतदान स्थल अन्तरगत रहेका २५६ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिल मानेको शुरक्षा समितिले १९९ लाई संवेदनशिल र ८६ मतदान केन्द्रलाई सामान्य निर्धारण गरेको उनले बताए ।
समितिले विशेषगरी भारतीय सिमासँग जोडिएका पालिकाहरुका १४४ मतदान स्थलका २५६ केन्द्रहरुलाई अतिसंवेदनशिल मानेको छ । अतिसंवेदनशिल मानिएका पालिकाहरुका कलैया उपमहानगरपालिका, महागढिमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका रहेका छन् ।
यस्तै अतिसंवेदनशिल मतदान स्थल निर्धाराण गरिएका गाउँपालिकाहरुमा फेटा, स्वर्ण, देवताल, आदर्शकोटवाल, प्रसौनी र विश्रामपुर भएको डिएसपी थापाले जानकारी दिए ।
यी पालिका भित्र रहेका १८४ मतदान स्थल मध्ये १३८ लाई अतिसंवेदनशिल मानिएको छ । यस्तै जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका ३।३ स्थललाई पनि शुरक्षा समितिले अतिसंवेदनशिल मानेको नायव उपरिक्षक थापाले जानकारी दिए ।
अतिसंवेदनशिल र संंवेदनशिल क्षेत्रमा सामान्य स्थानको तुलनामा शुरक्षाकर्मीको संख्या थपगरी गस्ती बढाईने, सावधानी बढाईने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए । चुनावी शुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना र म्यादि प्रहरी खटिने उनले बताए ।