बारा:

स्थानिय तह निर्वाचन २०७९का लागि उमेदवारहरु मतदातसँग मतमाग्दै उनीहरुको घरदैलो गरिरहेका छन् । यस्ता कार्यक्रमहरु संगितमय बनाएईको छ । गाउँ शहर सबैतिर पार्टी नेताका गितले गुन्जीएका छन् । पार्टी तथा उमेदवारका पक्षमा, चुनावी एजेण्डा पक्षमा बनाईएका गीत संगितले चुनावी माहोल गीत संगितमय बनाएको हो ।

पार्टीका पपुलर गीत मात्रै छैनन् । चुनाव लक्षीत, ब्यक्ति केन्द्रित विभिन्न भाषामा गीतसंगित तयार पारेर उमेदवारहरु मैदानमा छन् । निर्वाचन आयोगले भड्कीलो शैली नअपनाउन उमेदवारहरुलाई सचेत गराई रहेकै छ । तर मुख्य दलका उमेदवारहरुबाटै आयोगको निर्देशनको बेवास्था भैरहेको पाईएको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, नेकपा समाजवादी, लोकतान्त्रीक समाजवादी पार्टीका उमेदवारहरुनै भड्कीलो शैलीमा चुनाव प्रचारप्रसार सहित घरदैलोमा ब्यस्त देखिएछन् ।

चुनावी प्रचारप्रसारलाई गीतसंगितले प्रभावकारी बनाउने काम गरिरहेको छ । सोही कारण यसको प्रयोग बढिरहेको उमेदवारहरु बताउँछन् । उमेदवारहरुसँगै घरदैलोमा सहभागि नेताकार्यकर्ता ,मतदाता र सर्मथकलाई सांगितीक माहोलले उर्जा थपिने हुँदा संगितमय प्रचार शैलीलाई प्राथमिकता दिनु परेको उनीहरुको भनाई छ।

स्थानिय प्रशासनले समेत जिल्लामा डिजे साउण्ड नबजाउन अनुरोध गर्दै आएपनि उमेदवारका अघिपछी बेडेमानका डिजे सिस्टम प्रयोग हुँदै आएकाछन् । प्रचारशैलीमा केहीहद परिवर्तन आएको देखिएको नेपाल पत्रकार महाँसंघ बाराका अध्यक्ष रेशम तिवारीले बताए ।

यस पटकको स्थानिय चुनावमा डिजिटल सामाग्री उत्पादन गरी सामाजिक संजालहरु मार्फत उमेदवारहरुले प्रचार प्रसार गरिरहेका समेत छन् । नयाँ प्रविधिको प्रयोग गरेर चुनाव प्रचार प्रसार गर्ने क्रम बढेको पाईएको उनले बताए ।

यद्यपी नयाँ र पुराना दुबै शैली अपनाएर जनमत आफ्नो पक्षमा देखाउने प्रयास सबैले गरिरहँदा चुनाव खर्चिलो अनि भड्कीलो देखिएको तिवारीले बताए । उमेदवारहरुले ठुलो संख्यामा मतदाता उताररे रिझाउने प्रयास गरिरेका भएपनि कुन शैली प्रभावकारी भन्ने एकिन गर्न नसक्दा उनिहरुको खर्च समेत बढेको छ, उनले भने ।

चुनाव प्रचारप्रसारमा गीतसंगितले प्राथमिकता पाएको छ । यो कलाकार र संगित क्षेत्रका लागि शुःखद् भएको कलाकार एवं कलासस्ंकृती प्रवद्र्धन तथा पर्यटन महासंघ मधेश प्रदेशका कार्य समिति सदस्य विकास पाण्डेले बताए ।

कोरोना महामारीसँगै थला परेको गीत संगीत क्षेत्रलाई चुनावले मलहम पट्टी गरेको उनले बताए । करोडौंको लगानीमा खोलिएका स्टुडियो र सोका लागि काम गर्ने संगीतकर्मी सर्जक अनी कलाकारहरुले चुनावलाई अवसरका रुपमा लिएका छन् , पाण्डेले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय