मनहर्वा, बारा
२२ बैशाष २०७८

०७४ को स्थानिय निर्वाचनका बेला बर्षाले हिलाम्य सडक छिचोल्दै मतदाताका घरदैलोमा पुग्दै गर्दा सरस्वती चौधरीलाई ती बाटा देखाउँदै मतदाताले मत दिने आश्वासन दिएका थिए । उनले त्यतीबेलै आफुले चुनाव जीते हिलाम्य सडकलाई पक्कीमा रुपान्तरण गर्ने अठोट सहितको विश्वास मतदातालाई दिएकी थिईन् ।

दलित बस्तीमा पुग्दा उनीहरुका झुपडी फेर्ने संकल्प गरेकी थिईन् । जव मतदाताले उनीलाई उपमहानगरपालिकाको उपप्रमुखको जिम्मा लगाए । प्रत्यासीलाई पछिपार्दै उनले चुनाव जितिन् ।

चुनाव त जितीयो उनले भनिन् , तर सोचेझैं भटाभट जनताका काममा खटिने अवस्था थिएन । सेवामा सडक पूर्वाधार र विकास गर्न सहज थिएन । त्यसका लागि उपमहानगरपालिकामा आवश्यक कानुन थिएनन् । न प्रयाप्त कर्मचारी थिन । न त बजेट नै थियो , चौधरीले सुनाईन् ।

लामो समय कानुन निर्माणमै विते । सोही क्रममा कर्मचारी ब्यवस्थापन र बजेट बाँडफाँडको मोडल तयार भए । यस विचमा आएका अनेकन बाधा ब्यवधानलाई चिर्दै अगाडी बढेको उमहानगरपालिकाले प्रत्येक वडाका मुख्य सडकलाई प्राथमिकता दियो । गाउँटोलमा सडक गल्लीहरुका ढलान सडक निर्माणले तिब्रता पायो चौधरीले बताईन् ।

जनताका प्रतिनीधिहरु सडक बिस्तार ,निर्माण , नयाँ नयाँ सडक योजनामा जुटे । ती योजनालाई उपमहानगरपालिकाले प्रामिकतामा राखेर सहयोग गर्दै गयो । यस विचमा उपमहानगरभित्र करिब एकसय किलो मिटर कच्ची सडक पक्कीमा परिणत गरिए ।

मंगलबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका १८ को कुस्माडी उनै एमाले उमेदवार चौधरी पुग्दा विकासप्रेमी नेताका रुपमा स्थानियले भब्य स्वागत गरे । ०७४का हिलाम्य सडक आज पक्की भएका छन् । सोही पक्की सडकमा चौधरी सहितका एमाले उमदवारलाई स्वागत गर्दै स्थानियले दहीको सगुन समेत गराएका थिए ।

स्थानियले हिजोको बाचा पुरा गरेकोमा धन्यवाद दिए । तर चौधरीले अझ धेरै काम गर्न बाँकी रहेको बताईन् । दलित बस्तीको १४ मुसहर परिवारकालाई घर हस्तान्तरण भयो । बाँकी परिवारलाई घर र पिवन्नका छानामामा जस्ता अवको पहिलो काम हुने उनले स्थानिय मतदातासँग बाचा गरिन् ।

महिलाहरुको समस्या समाधान, कृषि क्षेत्रको विकासका लागि सिंचाईकाम, कृषि उत्पादनको भण्डारणका लागि गोदाम निर्माण शिक्षा र स्वास्थ्यलाई सहज र प्रभावकारी बनाउने पहिलो योजना बनाएको उनले सुनाईन् । आफुसँग अनुभव छ । हिजोका दिनमा विकासको जग बसालेका छौं । अव सम्पन्न गर्छौं चौधरीले भनिन् ।
एमाले नेतृत्वको स्थानिय सरकारले छोटो समयमा धेरै काम गरेको उनको भनाई छ । काम गर्ने बेलका प्राविधिक समस्यालाई नजिर

बनाएर यतीबेला प्रतीपक्षीले भ्रमको राजनीति गरिरहेका छन् । भ्रमको पछाडी नपर्न समेत उनले सबैमा आग्रह गरिन् ।
एमालेले सो पालिकामा चौधरीलाई मेयर र भोला प्रसाद अधिकारीलाई उपमेयरको उमेदवार बनाएको छ ।

पालिकाको वडा नं.१८मा भने स्थानिय बसन्त खतिवडाको टिम नेपाली काँग्रेसका चतुरबाबु वाग्लेसँग कडा प्रतिस्पर्धामा देखिएको छ । यस वडामा एमाले , काँग्रेस र माओवादी एक्लाएक्लै चुनाबी मैदानमा छन् । माओवादीबाट शिव प्रसाद ढुङ्गाना चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय