करैयामाई , बारा
२३ बैशाष २०७९
किसानको जीवन स्तर सुधार गर्न कृषिका क्षेत्रलाई प्राथमिकता दिने योजना बनाएर चुनाबी र्मैदानमा होमिएको मिश्रीलाल सहनीले बताए । साना किसान कृषि संघ बाराको अध्यक्ष भएर लामो समय गरिवी निवारणको क्षेत्रमा काम गरेको अनुुभवलाई स्थानिय सरकार प्रमुख भएर जनताका हितमा लगाउने योजना रहेको उनले सुनाए ।
नेकपा माओवादी केन्द्रबाट करैयामाई गाउँपालिकाको अध्यक्ष पदका लागि चुनावी मैदान रहेका सहनीले आफुले करैयामाईमा सहकारीका माध्यमबाट जनहितमा गरेको काम र सेवा नै जीतको पहिलो आधार भएको बताए ।
सहनीको अगुवाईमा सो पालिकाको वडा नं.५ ढोडियामा १२ बर्ष अघिबाट संचालित साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाले सदस्य हितलाई केन्द्रमा राखी आर्थीक , खाध्यान्न तथा दुध विक्रिको सेवा दिँदै आएको छ ।
यसका साथै सहकारीले आधुनिक कृषि यन्त्रशाला संचालन गरेर किसानहरुलाई सरल र सुलभ सेवा दिंदै आएको उनी बताउँछन् । प्रदेशकै उत्कृष्ठ सहकारीका रुपमा पुरस्कृत संस्थामा २ हजारबढी घरपरिवारका महिला सदस्य आवद्ध छन् ।
कृषि क्षेत्रको राम्रो संभावना बोकेको करैयामाई गाउँपालिका क्षेत्रमा यस विषयमा काम गर्ने अनुभव भएका मानिसको नेतृत्व आवश्यक छ । त्यसका लागी यहाँका स्थानियले आफुलाई अमुल्य मत दिएर विजय गराउने विश्वास लिएको छु , गाउँपालिकाका अध्यक्ष उमेदवार सहनीले बताए ।
उनले अघि सुनाए आफुले सो जिम्मेवारी पाए “कृषिलाई ब्यवसायीकरण तर्फ लैजान जोडदिने छु । त्यसका लागि आवश्यक सिंचाई, कृषि सडक विजुलमा प्राथमिकाता दिने र मलविउ विषादीमा सहुलियत हुने वातावरण निर्माण गरिने छ ।” यस्तै महिला , बालबालिका, गरिब, विपन्न र जेष्ठनागरिकहरुका लागि आवश्यक सुविधाको प्रबन्ध मिलाउने योजना बनाएको छु ।
कम्तीमा त्रैमासिक रुपमा जनताका घरघरमा पुगेर जनताको निशुल्क स्वास्थ्य परिक्षणको वातावरण बनाईने छ भने पशुसेवाका कर्मचारीहरुलाई मासिक रुपमा किसानका घरमा पुगेर सेवा दिने वातावरण निर्माण गर्ने योजना भएको सुनाए ।
उनले सरकारी शिक्षालाई नीजी शरहका सुविधा दिएर सहज र सहुलियत बनाउने योजना भएको समेत सुनाए ।
सहनीको टिमबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको अध्यक्ष कान्ती देवी थरुनी उपमेयर पदमा मैदानमा छिन् । निडर मेहनी र ईमान्दार महिलाको रुपमा परिचत थरुनीले आफुे चुनाव जित महिलाकाका हक अधिकार र शिक्षा तालिममा जोड दिने बताईन् ।