प्रसौनी,बारा
२५ बैशाष ०७९
लोकतान्त्रीक समाजवादी पार्टी नेपालले जिल्लाको प्रसौनी गाउँपालिकाका लागि पुनः भोला प्रसाद गुप्ता र गीता साहलाई अघि सारेको छ । दुबैजना यतीबेला चुनावी मैदानमा ब्यस्त छन् ।
पार्टीले हामीलाई विगत बर्षहरुमा गरेका राम्रा कामको मुल्याङ्कन गर्दै पुनः उमेदवार बनाएको उनीहरुको भनाई छ । यस अवधिमा प्रसौनी गाउँपालिकाले धेरै महत्वपूर्ण र दिर्घकालिन रुपमा फाईदा हुने काम गरेको छ । कतियप कामको स्वामित्व प्रदेश सरकारले ग्रहण समेत गरेको छ । त्यस्ता सृजनात्मक र जनहितका योजनाको नेतृत्व हामीले गरेका थियौं गुप्ताले बताए ।
मेरो नेतृत्वमा रहेको प्रसौनी गाउँपालिकाले सुरु गरेको छोरी शिक्षा र शुरक्षा कार्यक्रम आज मधेश प्रदेशको कार्यक्रम भएको छ । “बेटी बढाउ बेटी बचाउ” जुन यो प्रदेशकै महत्वपूर्ण कार्यक्रम पनि हो ।
यो कार्यक्रम अन्तरगत प्रदेशका हजारौं छोरीहरुले सुविधा पाईरहेका छन् । यसै कार्यक्रम अन्तरगर्त सरकारी विद्यालयमा पढ्ने विपन्न परिवारका छोरीहरुलाई साईकल प्रदान गर्ने कार्यक्रमको सुरुवात हामीले नै गरेका हौं, गुप्ताले सुनाए ।
मातृ शुरक्षा कार्यक्रम अन्तरग सरकारले निर्धारण गरेको सुत्केरी खर्चमा पालिकाबाट समेत थपेर रकम प्रादन गर्ने गर्दै आएकाछौं । नवजात शिशुका लागि न्यानो कपडा, सावुन, सरफ र खाध्यान्न प्रदान गर्ने कार्यक्रमको सुरुवात गरेर सयौं आमा र बच्चाका हितमा काम गरेका छौं ।
केही समय अघिबाट छोरी सगुन कार्यक्रम संचालनमा ल्याएका छौं । सो कार्यक्रम अन्तरगत बिसबर्ष उमेरपुगेर विवाह भै जाने छोरीलाई ५१ हजार नगद सगुन स्वरुप प्रदान गर्ने कार्यक्रम ल्याएका छौं , जुन लोकप्रिय बनिरहेको छ ।
अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा प्रसौनीमा रहेको बेगाँ साह माध्यमिक विद्यालयलाई जिल्लाकै पहिलो बहुप्राविधिक शिक्षालयका रुपमा स्थापना गर्न सफल भएका छौं । यसले प्रसौनी र आसपासका हजारौं बालबालिकाले सहजरुपमा प्राविधिक शिक्षा लिन सक्ने वातावरण सृजना भएको छ, पूर्व गाउँपालिका अध्यक्ष गुप्ताले सुनाए ।
यस्तै प्रसौनी गाउँपालिका भित्रीका धेरै सडकहरुको स्तर उन्नती भई पक्की भएका छन् । नाला निर्माण गरिएका छन् । वडा कार्यालय भवन निर्माण भैरहेका छन् । जनता आवास कार्यक्रम अन्तरगत दलित तथा विपन्न परिवारका ६० वटा घर निर्माण यस विचमा गरिएका छन् ।
पशुपालक किसानहरुले उत्पादन गरेको दुधको बजारीकरणका लागि डेरी संचालनमा ल्याउने प्रयास भैरहेको छ । आगामी दिनमा कृषि तथा पशुपालका लागि आवश्यक सुविधालाई अझ सहज बनाउने प्रयास हुने छ ।
यहाँको स्वास्थ्य शिक्षा र कृषिका क्षेत्रमा काम गरेका छौं । ती काम प्रयाप्त छैनन् । सिमित श्रोत र साधनले एउटा गाउँपालिकाले गर्न सक्नेजती काम प्रभावकारी ढंगबाट ईमान्दारी पुर्वक गरेका छौं । हामीलाई विस्वास छ ।
यसपटक पनि प्रसौनी बासीले अमुल्य मत दिई बाँकी कार्यभार पुरा गर्ने मौका हामीलाई दिनु हुनेछ भन्ने पूर्ण विस्वाशमा छौं ,पूर्व उपाध्यक्ष गीता साहले सुनाईन् ।