पुष्पराज खतिवडा
बारा
२७ बैशाख
नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलिय गठबन्धन देशका लागि लुतो भएको बताएका छन् । मंगलबार सिमरामा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै पुर्व रक्षामन्त्री समेत रहेका उपाध्यक्ष पोखरेलले एमाले हराउने पहिलो लक्ष्य बनाएको गठबन्धनको लुतो ३० गते फाल्नु पर्ने बताए ।
वर्तमान गठबन्धन सरकारले जनताका पक्षमा काम गर्नुको साटो स्वार्थको राजनीति गरेको उनको आरोप थियो । उनिहरुका बिकास र समृद्धिलाई बेवास्था गर्दै राज्य र राष्ट्रियतामै प्रभाव पार्ने हरकतले राष्ट्रको सिर झुकाउने काम गर्यो ,उनले भने ।
नेपाली काँग्रेसले ईमानको राजनीति छोडेर प्रचण्ड र माधवहरुको इसारामा देशलाई बन्धक बनाएको आरोप समेत लगाए ।
सिद्धांत बिहिन गठबन्धनले देश हितलार्इ दाउमा राखेर पश्चिगामी तत्वहरुका हितमा काम गर्दा देशमा बिकासले गति लिन सकेन ,पोखरेलले भने ।
माओवादीका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति देउवाको खुट्टामा झुन्डिएको उनको भानाइ थियो ।
उनिहरुले जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्दै पोखरेलले नेपाली जनतालाई भ्रममा नपर्न आग्रह गरे ।
एमाले सरकार बहुमत कहिले थिएन ।
तैपनि एमाले अध्यक्ष केपी शर्मा ओलि नेतृत्वको सरकारले जनहितमा धेरै र महत्त्वपूर्ण काम गरेको बताए । पुर्व पश्चिम सडक चौडा गर्ने , तराई मधेशका सदरमुकाम सम्म जोड्ने सडकहरु बिकास र बिस्तार गरि सडक सुधारको काम गरेको प्रशंग केलाएउँदै उनले
पुर्व पश्चिम् हुलाकी सडक विस्तारले मधेसको लाइफ लाइन निर्माणको ओलि सरकारले नेतृत्व गरेको बताए ।
करीब ३५ मिनेट बोलेका उपाध्यक्ष पोखरेलले एमालेको देश बिकास पहिलो लक्ष्य भएको बताए । जनतासंगै देशधनी बनाउने अभियानको अगुवाई एमालेले मात्रै गर्ने बताएका पोखरेलले एमाले सरकारले स्थानीय तथा प्रदेश सरकारहरु समेतको समन्वयमा १४ सय रणनीतिक सडक सिलान्यास गरेर बजेट र कार्यक्रम बनाएको बताए । उनले अघि भने वर्तमान सरकारले त्यस्लाइ रोक्ने काम गरेर बिकास बिरोधि हर्कत देखायो।
त्यतिमा मात्रै विकास विरोधी हर्कत नरोको वर्तमान सरकारले ओली सरकारले शिलान्यास गरेका ३९६ अस्पताल समेत बन्न दिएन उनले भने । जुन गठबन्धन सरकारले रोक्यो । अब ती काम एमालेले साकार गरेरै छाड्ने बताए । पोखरेलले स्थानीय निर्वाचन पछि हुने संघिय निर्वाचन पछि देशमा एमालेको सरकार बन्ने दावी समेत गरे ।
राष्ट्र एकमतले पारित गरेको देशको चुच्चे नक्सा र सो क्षेत्रको भुमिका सम्बन्धमा गठन्धनले आफ्नो धारणा सार्वजनिक गर्नु पर्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सरकारका सयदिनका उपलब्धि सार्वजनिक गर्दा समेत सो पुस्तकमा चुच्चे नक्सा नपर्नुले उनिहरु मुलुक प्रति कति गैरजिम्मेवार छन् भन्ने देखाएको उनको भनाइ थियो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ को सिमरामा आयोजित कार्यक्रममा एमाले मधेस प्रदेश एवं पुर्व मन्त्री पुर्षोतम पौडेल सह इन्चार्ज ज्वाला कुमारी साह , पालिका मेयर उमेदवार सरस्वती कुमारी चौधरी उपमेयरका उमेदवार भोलाप्रसाद अधिकारी लगाएतले बोलेका थिए ।