बारा
२७ बैशाष ०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पाँचदलिय गठबन्धका शिर्ष नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राजदैनिक दुर्घनाको विरुद्ध गठबन्धन अवश्यक भएको बताएका छन् । मंगलबार बाराको जीतपुरमा ५ दलिय गठबन्धनद्वारा ओयोजीत चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको सक्दो बचाउ गरे ।
स्थानिय तह चुनाव वर्तमान गठबन्धनका लागि अग्रगमन र पक्षगमन विचको लडाई मात्रै नभएर जनमन संग्रह समेत भएको जिकिर गरे । करिब ११ मिनट बोलेका प्रचण्डले गठबन्धनको औचित्य र आवश्यकतालाई बारम्बार दो¥याउँदै विगतमा ओली नेतृत्वले संविधान मास्न खोज्दाको उपज भएको बताए ।
गठबन्धन बने देखिनै तोड्न र प्रभावहिन बनाउने प्रयास भैरहेको भन्दै प्रचण्डले गठबन्धन गणतन्त्र र संविधानको रक्षाका निमित्त आवश्यक भएको बताए । राष्ट्रको रक्षागर्ने उदेश्यले ५ दलिय गठबन्धन बनेकाले यसलाई स्थानिय चुनाव सम्म मात्रै नभएर बषौं लैजान सकिने बताए । उनले जनताको हित र राष्ट्रिय समृद्धिका लागि गठबन्धन बनेको दावी गरे ।
गठबन्धनका दलहरुका विचमै एकता छैन भनेर हाम्रा विरुद्ध भ्रम छर्ने प्रयास भैरहेका छन् , उनले भने । भरतपुर, पोखरा , काठमाण्डौं लगायतका चुनावी सभाहरुबाट कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र मैले गठबन्धनको आवश्यकता औल्याउँदै आएका छौं भ्रममा पर्न जरुरी छैन , प्रण्डले भने ।
शान्ती प्रकृयालाई सदाका लागि टुग्याउन समेत गठबन्धन बषौं सम्म लैजानु पर्ने भन्दै प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको यो अविभारा ५ दलमा आएको बताए ।
जितपुरसिमरा उपमहानगरपालिकाका लागि गठबन्धनले माओवादीका राजन पौडल मेयर काँग्रेसकी मेघा शाहीलाई उपमेयरको उमेदवार बनाएको छ । दुवैको भारीसभामा प्रशंसा गर्दै प्रचण्डले बसै राजनैतिक दलहरुलाई मिलाएर लैजान शक्ने क्षमता यूवा उमेदवारहरुसँग भएको भन्दै बाराको जीतपुरसिमराको विकास र समृद्धिका लागि उनीहरुलाई विजय गराउनु पर्ने धारणा राखे ।
समृद्ध जीतपुरसिमरा निर्माणमा जुट्न आग्रह गर्दै प्रचण्डले कार्यकर्तालाई आफ्ना उमेदवारलाई निर्वाचित गर्न पटकपटक आग्रह गरे ।
अपराहन्न ३ बजेका लागि प्रचण्डले सभालाई सम्बोधन गर्ने गरी कार्यक्रम तयगरि विहान ११ बजेबाटै कार्यकर्ता उतारिएको भएपनि प्रचण्ड ढिल गरी साँडे ५ बजे मात्रै आईपुगेका थिए ।
आजै सिमरामा नेकपा एमालेले समेत दिउँसो चुनावी सभाको आयोजना गरेको थियो । उक्त चुनावी सभालाई सम्बोधन गरेका एमाले उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन राष्ट्रकालागि लुतो भएको भन्दै ३० गते फाल्नु पर्ने बताएका थिए ।
फोटोमा :बाराको जितपुरमा मंगलबार चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका शिर्ष नेता प्रचण्ड ।