सिमरा,बारा
जीतपुरसिमरा उपमहानगरपालिकामा मतगणना चलिरहेको छ । निर्वाचन कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २, ३, ४, २० र २१ को मतगणना भईरहेको हो। वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा मतगणना भईरहेको हो ।

कुन वडामा कसको अग्रता छ हेर्नुस् ।

वडा नम्बर २:

वडा नम्बर २ को अहिले मतगणना भईरहेको छ । निर्वाचन कार्यालयको जानकारी अनुसार वडा नम्बर २ मा नेकपा एमालेका उमेदवार अगाडी देखिएका छन् । एमालेका धन बहादुर श्रेष्ठले १०३२ मत ल्याउँदा माओवादी केन्द्रका तिलक बहादुर श्रेष्ठले ५०१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काग्रेसका बिजय बोम्जनले भने ३९८ मत मात्रै पाएर तेश्रो स्थानमा देखिएका छन् ।

वडा नम्बर ३:
मतगणना जारी छ । नेकपा एमालेका तारा बहादुर कार्की र नेपाली काग्रेसका दिनेश सुबेदी प्रतिस्पर्धामा छन् । कार्कीले २१६ पाउँदा सुवेदीले १७८ मत पाएका छन् ।

वडा नम्बर ४:

नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार भागवत चौधरीले ४१० मत पाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार भोजबहादुर खत्री ईश्वरले ३७२ मत पाएका छन् । सो वडामा नेपाली काग्रेसले उम्मेदवार बिनोद सापकोटाले २१० मत पाएर त्रेश्रो स्थानमा छन् ।

वडा नम्बर २०:

मतगणना केहिबेर अघिदेखि सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले केहिबेर अघिदेखि मतगणना सुरु भएको जनाएको छ । वडा नम्बर २० त्रिपक्षीय भिडन्त हुने बताईएको छ ।

वडा नम्बर २१:

वडा नम्बर २१ को मतगणना जारी छ । २१ मा नेकपा एमालेको अग्रता कायमनैं , राप्रपा पछिपछि देखिएको छ । नेकपा एमाले वडा अध्यक्ष उमेदवार सुभाष श्रेष्ठले ३०८ पाउँदा माओवादी केन्द्र उमेदवार कृष्ण ठकुरी १४० पाएका छन् । यस्तै राप्रपा अध्यक्ष उमेदवार मुन्नि काजी मगरले २३१ पाएका छन् । मगरको प्रतिस्पर्धा एमालेका श्रेष्ठसँग भैरहेको छ । सो वडामा १६९० मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय