पुष्पराज खतिवडा
१ जेष्ठ २०७९
स्थानिय तह निर्वाचनको मतगणना जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चलिरहेको छ । भित्र मतगण चलिरहेका बेला विद्यालयको पूर्वी परिषरमा दल र उमेदवारका सुभचिन्तकहरुको भिड बढिरहेको छ । मतगणना र परिणाम सार्वजनिक समेत ढिलो हुँदा भिडले सुटिङ्ग गरिरहेको छ ।

पालिकाको वडा नं. २४, २३,२२ र १ को परिमाण सार्वजनिक भैसकेको छ । यस्तै २,३,४,२० र २१ नं. वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । सार्वजनिक भएका वडाहरु १, २२ र २४ मा नेपाली काँग्रेसका उमेदवारहरु क्रमश हिरा बहादुर गुरुङ्ग, शेखरकाजी रुम्बा, सुल्तान अंसारी प्यानल सहित विजय भएका छन् । यस्तै वडा नं.२३ मुस्तकीम अंसारीको प्यानल विजय छन् ।

विजय उमेदवारहरुको परिणाम करिब ५ घण्टाको अन्तरमा आईरहेको छ । उमेदवारले जितको नतिजा पाउने पक्का हुँदा शुभचिन्तक र मतदाताले उत्सव मनाउँने गरेका छन् । विजयी उमेदवारलाई सयपत्रिका माला र अविरले रंगाउनका लागि केही ब्यवसायीले मतगणना परिषरमा मालाको ब्यपार गरेर मालामाल गरिरहेका छन् । एउटा सयपत्रि फूलको माला ८० रुपैंया सम्म विक्रि वितरण हुँदै आएको पाईएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ निवासी यूवा ब्यवसायी राजेश कलवारले दैनिक १० हजारको माला विक्रि भैरहेको बताए । माला भारतीय बजार रक्सोलबाट खरिद गरि ल्याईएको उनले बताए ।

नतिजा भटाभट आईरहँदा मालाको विक्रि ह्वात्तै बढ्ने गर्दछ । नतिजामा ढिला हुँदा ब्यवपार हुँदैन । जस्ले गर्दा माला ओईलाउने समस्या भैरहेको कलवारले बताए ।

यस्तै परिषरमा आईसक्रिमको ब्यपारसँगै आसपासका चिया नास्ता पसलहरुमा भिडभाड हुँदा यहाँको ब्यवार ह्वात्तै बढेको स्थानिय ब्यवसायीहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय