बडहर्वा
३ बैशाख २०७९
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उमेदवार बसन्त खतिवडाले पराजयलाई सामान्य भन्दै वडाबासीलाइ धन्यवाद दिएका छन् ।

मंगलबार बिहान आएको मत परिणाममा खतिवडालाइ ४३३ मतले पछि पार्दै नेपाली कांग्रेसका चतुरबाबु वाग्लेको प्यानलै विजयी भएका छन् ।

परिणामपछी खतिवडाले सामाजिक संजाल फेसबुक मार्फत आफू र आफ्नो टिमलाई अमुल्य मत दिनु हुने वडाबासी मतदाता सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन् “चुनावी अभियानमा साथ दिने सबै कार्यकर्ता अनि शुभ चिन्तकहरुमा उच्च सम्मान दिन चाहन्छु । यो पराजयबाट हामी अलिकति पनि विचलित हुने छैनौं र आम कार्यकर्तालाई  विचलित नहुन र हौसला बुलन्द राख्दै उच्च मनोबल कायम राख्दै  पार्टी , जनसेवा र विकासको काममा निरन्तर लागि रहन आग्रह गर्दछु ।”

आसन्न स्थानिय निर्वाचनमा जीतपुर सिमरा उपमहा नगर पालिका वडा नं १८ नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार खतिवडाले ८३८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय