बारा: जिल्लाका दुईवटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । करैयामाईमा जनता समाजवादी पार्टी (जसपा) र परवानीपुरमा एमालेले अध्यक्ष उपाध्यक्ष पदमा जित हात गरेको छ ।

परवानीपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राम क्षेत्री पटेलले लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जगतनारायण महतोलाई ४७४ मतले पछि पारेका हुन् ।

पटेलले २ हजार ९१७ मत प्राप्त गर्दा प्रतिस्पर्धी महतोले २ हजार ४४३ मत पाएका छन् ।उपाध्यक्षमा सुगन्धीदेवी कनुइनले ३ हजार २३२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लोसपाकी सावित्री देवीले २ हजार ३८७ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी करैयामाई गाउँपालिकाको अध्यक्षमा शम्भुप्रसाद यादव र उपाध्यक्षमा जसपाकै सुनैना चौधरी निर्वाचित भएका छन् । यादवले निकटतम् प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गरेका छन् ।

चौधरी निवर्तमान गाँउपालिका अध्यक्ष हुन् । ०७४ को निर्वाचनमा यादव चौधरीका प्रतिद्वन्द्वी थिए ।

यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी छन् । सुनैनाले ५ हजार ४३९ मत प्राप्त गर्दा चित्ररेखाले ३ हजार १७२ मत ल्याएकी थिइन् । चित्ररेखा निवर्तमान गाउँपालिका उपाध्यक्ष समेत हुन् ।

बाराको १६ वटा पालिका छन् । अन्य पालिकाहरुमा मत गणना भैरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय