पुष्पराज खतिवडा
जिल्लाका दुई उपमहानगरपालिका कलैया र जीतपुरसिमरामा मतगणना कार्य भैरहेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार दुबै पालिकामा साझा गठबन्धनलाई सकस परिरहेको छ । उनीहरुलाई नेकपा एमालेका उमेदवारले पाएको मत परिणामले सकस पारेको हो ।
कलैयामा साझा गठबन्धनकालागि नेपाली काँग्रेसका राजेश राय यादव नेकपा एमालेका विनोद साह भन्दा २,७६१ मतले पछाडी परेका छन् । २७ वडा भएको सो पालिकाका १ देखी ७ नं. वडाको अन्तीम नतिजा सार्वजनिक हुँदा साहले ७,५७१ मत पाएका छन् ।
भने यादवले ४,८१० मतका साथ एमालेका उमेदवार साहलाई पछ्रयाई रहेका छन् । यादव २०७४को निर्वाचनबाट मेयरमा निर्वाचित ब्यक्ती हुन् ,भने साह उक्तबेलाका निकटतम् प्रतिद्वन्द्वी हुन् । साह झिनो मतान्तरले यादवसँग पराजय भएका थिए । उनै साहसँग यादव यतीबेला चर्को दवावमा छन् ।
यता उपममेयरमा भने साझा गठबन्धनका लागि जसपाका उमेदवार प्रमोद प्रसाद गुप्ता एमालेकी रौशन प्रविन भन्दा अगाडी देखिएका छन् । प्रविनले ५,०५६ मत प्राप्त गरेकी छन् भने गुप्ताले ५,७८७ मत पाएका छन् ।
प्रविनले पाएको मत भन्दा जसपा उमेदवार गुप्ताले ७३१ मत बढि पाएका छन् । यो परिमाण कुलैपनि बेला उत्टीन सक्ने अवस्था रहेको एमाले नेताहरुले बताएका छन् । यस कारण गठबन्धनका उममेयर उमेदवार गुप्ता समेत हालको मतान्तरलाई टिकाई राख्नु पर्ने दवावमा छन् ।
यस्तै कलैयमा साझा गठबन्धनका मेयर यादव दवावमा पर्दा जीतपुरसिमरामा पनि उपमेयर उमेदवार काँग्रेसकी मेघा शाही दवावमा छिन् । साझा गठबन्धनकी शाहीलाई नेकपा एमालेका भोला प्रसाद अधिकारीले दवावमा पारेका हुन् । उनै अधिकारी भन्दा शाही ७१३ मतले पछाडी परेकी छन् ।
मेयरमा भने गठबन्धनका लागि माओवादी केन्द्रका उमेदवार राजन पौडेल एमालेकी सरस्वती चौधरी भन्दा १,०५९ मतले मात्रै अघि देखिएका छन् । पौडेल र चौधरीको मतान्तर २,४२२ सम्म पुगेर तल झर्दै आएको हो ।
पछिल्लो समय एमालेका वडा उमेदवारहरुले जित्दै गर्दा मतान्तर घट्दै गएको हो । २४ वटा वडा भएको जीतपुरसिमरा उपमहानगरमा १६ वटाको मात्रै परिणाम आएको छ । अझ ८ वटा वडाको परिणाम आउन बाँकी भएकाले हाल देखिएको मतान्तर घटेर जान सक्ने हुँदा पौडेल समेत दवावमा छन् । पौडेलले १३७७१ मत पाएका छन् ।
गठबन्धनकी उपमेयर उमेदवार शाहीले १२,२४३ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी मेयर उमेदवार चौधरीले १२,७१२ पाउँदा उपमेयरका उमेदवार अधिकारीले १२,९५६ मत प्राप्त गरेको पाईएको छ ।
कलैयाका मेयर राजेश राय यादव र जीतपुरसिमराकी उपमेयर मेघा शाही दुबै एउटै पार्टी नेपाली काँग्रेसका हुन् । कलैयामा काँग्रेसले जसपालाई उपमेयर दिएर गठबन्धन गरेको छ । भने जीतपुरसिमरामा माओवादीलाई मेयर दिएर काँग्रेसले गठबन्धन गरेको थियो ।