बारा : जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा साझा गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल  उपमेयरमा नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी विजयी भएका छन्।

माओवादी केन्द्रकमा उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन्। लोसपा सन्जय साहले ५ हजार ३८२ मत प्राप्त गरे।                 उपप्रमुखमा नेकपा एमालेका भोला अधिकारी १७ हजार ४९२ मतसहित विजयी भएका हुन्। उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत प्राप्त गरिन्। यस्तै लोसपाका बिपि मोक्तानले ५ हजार २७ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय