बारा
निजगढ नगरपालिकामा नेकपा एमालेको मेयर उपमेयरका उमेदवार विजयी भएका छन् । एमालेका सुरथ पुरी मेयरमा र सोममाया थिङ उपमेयरमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए ।
पाँच दलिय साझा गठबन्धनका उमदवारलाई पराजीत गर्दै एमालेका पुरी र थिङ नगरको प्रमुख पदमा निर्वाचित भएका हुन् ।
पुरीले ६ सय ५२ मतले कांग्रेसका उम्मेदवार सुरेश खनाललाई पराजित गरेका हुन् । पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरे । उनका
निकटतम प्रतिद्वन्दी खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरे । खनाल निर्वमान नगर प्रमुख समेत हुन् ।
यसैगरी एमालेकी सोममाया थिङ निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार रविराज दंगाललाई १ सय ४१ मतले पछि पार्दै उमपेयरमा विजयी भएकी छिन् ।
थिङले ८ हजार ६ सय ५९ मत प्राप्त गर्दा निकटतम दंगालले ८ हजार ५ सय १८ मत पाएका छन् ।
०७४को स्थानिय तह निर्वाचनमा समेत माओवादीसँग मेयर र उपमेयर भागबण्डामा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो ।
त्यसबेला खनालले मेयर जित्दा उपमेयरका उम्मेदवार माओवादीका बेनीबहादुर मोक्तान पराजित भएका थिए ।
मोक्तानलाई पराजीत गर्दै एमालेकी उपप्रमुख उम्मेदवार लीला देवी लामिछाने विजयी भएकी थिइन् । यस्तै त्यो बेला एमालेका प्रमुख पदका उम्मेदवार नारायण खड्का पराजित भएका थिए ।
फोटोमा ःनिर्वाचित उमेदवार सुरत पुरी र सोममाया थिङको