बारा:
जिल्लाको प्रसौनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा नेकपा एमाले विनोद प्रसाद जैसवाल र किरण देवी निर्वाचित भएका छन् । एमालेले गाउँपालिका प्रमुख जित्दा लोकतान्त्रीक समाजवादी (लोसपा)को “क्लिनस्विप”भएको छ ।

जैसवालले ४ हजार ४८८ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटम् प्रतिस्पर्धी नेपाली काँग्रेसका सुनिल कुमार गुप्ता कलवारले ३ हजार १२८ मत मात्रै पाएका छन् । जैसवालले १ हजार ३६० बढी मतले कलवारलाई पराजय गरेका छन् । ०७४को निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षका प्रत्यासी जैसवालले यसपटक एमालेबाट विजयी प्राप्त गरेका हुन् ।

गएराती सार्वजनिक भएको अन्तीम परिणाम अनुसार पालिका उपाध्यक्षमा नेकपा एमालेकी किरण देवीले ३ हजार ९८३ मत प्राप्त गरि विजयी भएकी छन् । उनका निकटतम् प्रनिस्पर्धी नेपाली काँग्रेसकी निलम साहले ३ हजार २७१ मात्रै मत पाएकी छन् । उनी ७१२ मतले पराजीत भएकी निर्वाचन अधिकृतले बताएका छन् ।

७ वटा वडा भएको प्रसौनी गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष सहित ३ , नेकपा माओवादीले २, नेपाली काँग्रेसले १ र नेकपा एकिकृत समाजवादीले १ वटामा विजय प्राप्त गरेको छ ।

रोचक देखीएको प्रसौनीको निर्वाचन परिणाम अनुसार अघिल्लो पटक एकल वर्चश्व रहेको तत्कालिन राजपा हाल लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)ले सदस्य सहित कुनैपनि पद पाउन सकेन ।

तत्कालिन पालिका अध्यक्ष भोला प्रसाद गुप्ता उपाध्यक्ष गीता साह लगायत लोसपाले यसपटक तेस्रो स्थानमा खुम्चीनु परेको छ ।
फोटोमा ःगाउँपालिका प्रमुख उपप्रमुखमा निर्वाचित विनोद प्रसाद जैसवाल र किरण देवी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय