बाराः
जिल्ला समन्वय समितिका पूर्व संयोजक र सहसंयोजक दुवै जना वडा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीका अनुसार संयोजक नवलकिशोर सिंह लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र सहसंयोजक पवन कुमार ब्याहुत जनता समाजवादी पार्टी (जसपा) बाट वडा सदस्य पदमा निर्वाचित भएका हुन् ।
समन्वय समितिका सिंह देवताल गाँउपालिको वडा नं. ४ र ब्याहुत कलैया उपमहानगरपालिका वडा नं. ४ बाट निर्वाचित भएका हुन् । दुबैजनाले पुनः जिल्ला समन्वय समितिमा जाने मनसायले पालिकाको वडामा चुनाव लडेका बुझिएको छ ।
जिल्लामा १६ वटा स्थानिय तह भएको समन्वय समिति बाराको निर्वाचनमा पालिकाका प्रमुख उपप्रमुख ३२ जना मतदानमा भाग लिन पाउने छन् । यसपटक निर्वाचनको नतिजामा समिकरण फेरिएकाले सिंह र ब्याहुतले जिल्ला समन्वय समितिको जिम्मेवारी पाउन मुस्कील देखिन्छ । ०७९ मा जिल्लाका पालिकाहरुमा एमाले र काँग्रेस समेतको उपस्थीती बलियो बनेको हुँदा संभावना कमजोर देखिएको नेकपा एमाले बाराका मनोज पौडेलले बताए ।
उनका अनुसार अघिल्लो निर्वाचनमा जितपुरसिमरा र कोल्हवीमा खुम्चीएको एमालेले यसपटक परवानीपुर,प्रसौनी, निजगढ, कलैयासँगै अन्य केही पालिकामा समेत स्थान सुरक्षीत गर्ने देखिएको छ । यस्तै काँग्रेसले समेत पुराना स्थान गुमाएर पनि नयाँमा स्थानमा उपस्थीति पक्का गर्ने देखिएको उनको भनाई छ ।
मधेशवादी दलहरुको उपस्थीति कमजोर बनिरहेको अवस्थामा पक्का हुँदा सिंह र ब्याहुत पुन ः समन्वय समितिमा फर्कने संभावना न्युन छ, एमाले बाराका पूर्व प्रचार विभाग प्रमुख समेत रहेका नेता पौडेलले बताए ।