बारा: जिल्लामा विवेकशिल साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिका विवेकशिल साझा पार्टीका उमेदवार प्रमुख पदमा विजयी भएका छन् ।
साझा पार्टीका रुस्तम अंसारीले ४४८५ मत पाएर पालिका अध्यक्षमा विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अमिरीलाल प्रसादले २३९९ मत मात्रै पाए । उनी अघिल्लो स्थानिय निर्वाचनमा राष्टिय जनता पार्र्टीबाट सो पालिकाको प्रमुखमा विजयी भएका थिए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा साझा पार्टी निलम साहले ३५७० मतका साथ विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी कमरुन खातुनले २३३३ मत मात्रै पाएकी छन् ।
अध्यक्षमा विजयी अंसारीले प्रतिस्पर्धी अमिरीलाल प्रसादलाई २०८६ मतले र उपाध्यक्षमा विजयी साहले एमालेकी खातुनलाई १२३७ मतले पछी पारेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय