
बारा : जिल्लाका १६ स्थानिय पालिकाहरु मध्य यो समाचार तयार पार्दा सम्म १२ वटापालिकाहरुकोे स्थानिय तह निर्वाचन २०७९ कोे नतिजा सार्वजनिक भएको छ । ४ वटा पालिकामा मतगणना भैरहेको छ ।
मतगणना भैरहेका पालिकाहरुमा महागढी , पचरौता नगरपालिका छन् भने आर्दश कोतवाल र बारागढी गाउँपालिका हुन् ।
नतिजा सार्वनिक भएका १२ पालिकाहरुमा मुख्य राजनैनिक दलहरुकै बर्चश्व देखिएको छ ।


पचौता नगरपालिको प्रारम्भीक नतिजालाई आधार मान्दा ५ पालिका सहित एमाले जिल्लाको पहिलो र ठुलो दल बन्ने पक्का देखिएको छ ।
जस्मध्ये ४ वटामा नेकपा एमाले, १ वटामा मओवादी केन्द्र, २ वटामा जसपा, २ वटामा काँग्रेस, १ वटामा विवेकशिल पार्टी १, र २ स्थानमा लोसपाले नेत्रृत्व पाएका छन् ।
एमालेले कलैया उपमहानगरपालिका सहित निजगढ नगरपालिका, परवानीपुर र प्रसौनी गाउँपालिकामा प्रमुख दुबै मुख्य पद प्राप्त गरेको छ ।
यस्तै गठबन्धनका तर्फबाट नेकपा मआवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख मात्रै जितेको छ । उपप्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् ।
यसैगरि नेपाली काँग्रेसले सुवर्ण गाँउपालिका र कोल्हवी नगरपालिका दुबै प्रमुख पद प्राप्त गरेको छ ।
करैयामाई गाँउपालिका र देवताल गाउँपालिका जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ । भने फेटा गाउँपालिकामा विवेकशिल साझा पार्टीले प्रमुख पदमा चुनाव जितेको छ ।
यता लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)ले पर्यटकीय नगरी सिम्रौगढ नगरपालिका र विश्रामपुर गाँउपालिकाको नेतृत्व गर्ने मौका पाएको हो ।
भने मतगणना जारी रहेका बारागढी गाउँपालिकामा (जपसा) र पचरौता नगरपालिकामा (नेकपा एमालेको अग्रता रहेको छ ।
यस्तै महागढी नगरपालिका र आर्दश कोतवाल गाँउपालिका भने नेपाली काँग्रेसले अग्रता पाएको छ । ती पालिकाहरुको परिणाम आईतबार विहान सम्म आईसक्ने निर्वाचन कार्यालय बाराले जनाएको छ ।
बारागढी गाउँपालिका र पचरौताका केही मतदान केन्द्रहरुमा विवाद हुँदा बैशाष ३० को निर्वाचन रोकिएको थियो । ती स्थानहरुमा कडा शुरक्षाका विच गत ४ गते पुनः निर्वाचन गरिएको हो ।