पुष्पराज खतिवडा
बडहर्वा : जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को अध्यक्षमा काँग्रेसबाट निर्वाचित भएका चुतरबाबु वाग्लेले घरदैलोमा जनताले लगाईदिएको माला र अविरलाई माया मिसिएको जिम्मेवारीको बोझ भएको बताएका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने घरदैलो कार्यक्रमको सुक्रबार साँझ समापन गरिएको छ । उचिडी चोकमा घरदैलो कार्यक्रमको समापन भेलालाई सम्बोधन गर्दै नव निर्वाचित वडाअध्यक्ष वाग्लेले वडाबासीले दिएको जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्ने बताए ।

वडाबासीको हितलाई सर्वोपरि ठानेर सबैपक्षसँग सहकार्य गर्दै अघिबढ्ने उनको भनाई थियो । चुनाव जितेपछि आफु कुनै पार्टीको कार्यकर्ता नभई सबै जनताको प्रतिनीधि भएको भन्दै वाग्लेले कसैलाई काखापाखा नगरि कानुनले दिएको अधिकारको सदुपयोग गर्दै जनताको सेवा गर्ने बताए ।

उनले भने “यो तपाईहरुले मेरो घाँटीमा लगाईदिनु भएको फुलको माला र अविर मात्रै हैनन् । जिम्मेवारीको भारी पनि हो । यो जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्ने छु । कहीँ बाटो विराउन खोजे भने यहाँहरुले खबरदारी गरीदिनु होला । त्यो म र मेरो टिमका लागि आर्शिवाद हुने छ । म सबैलाई धन्यवाद दिन चाहन्छु । ”

स्थानिय निर्वाचनमा नेकपा एमालेका बसन्त खतिवडालाई ४३३ मतको फराकीलो अन्तरमा पराजय गर्दै वाग्ले प्यानल सहित पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १२७१ मत पाएका छन् । उनको जीतसँगै नेपाली काँग्रेस वडा नं.१८ मा ३० बर्षपछी कमब्याक (पुनःस्थापित) भएको छ ।

उनी २०७४को निर्वाचनमा एमालेका अर्जुन प्रसाद दाहालसँग पराजय भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय