बारा
कलैया उपमहानगरपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालयहरुलाई अंग्रेजी माध्यममा लैजाने भएको छ ।
नवनिर्वाचित नगर प्रमुखको पहिलो बैठकबाट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यायन/अध्यापन गराउने निर्णय भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार अपराहन्न भएको सफत ग्रहणपछी नगरप्रमुख साह लगायत कार्यभार सम्हाल्न नगरपालिका पुगेका थिए ।
नगरप्रमुख विनोद साह एवं उपप्रमुख रौशन प्रविनले कार्यभार समालेपछिको पहिलो निर्णय शिक्षा सुधारको पक्षमा गरेका हुन् ।
पदभारग्रहण पछि संचारकर्मीहरुसँग प्रतिकृया दिँदै मेयर साहले नगरको शिक्षा ,स्वास्थ्य र कृषिको विकासमा पहिलो प्राथमिकता रहने बताए । विगतको भन्दा फरक र जनमैत्री ढंगबाट नगरको सेवा प्रवाह हुने उनको भनाई थियो ।
अंग्रेजी भाषाको आवश्यकता र महत्वलाई ध्यानमा राखेर विद्यालयको तल्लो तहबाटै अंग्रेजी भाषा सिकाईलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।
हाल बालबालिकाहरुका लागि अल ईन वान अंग्रजी सहयोगी पुस्तक खरिदका लागि २२ लाख रुपैंयाको अनुमानित बजेट समेत स्विकृत भएको छ । आवश्यकता अनुसार थप गरिँदै लगिने नगरप्रमुख साहले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं मधेश प्रदेश सहईन्चार्ज ज्वाला कुमारी साह, कार्यकारी अधिकृत नाथु साह, अन्य जनप्रतिनिधीहरु, यूवासंघ बाराका अध्यक्ष पुरुषोत्तम् साह लगायत जिल्लाका नेताहरुको समेत उपस्थीति थियो ।