बारा: नवनिर्वाचित जनप्रतिनिधिहरुले आज शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

जिल्ला अदालत बाराको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाममा रेग्मीले शपथ खुवाउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नु भयो ।

उहाले निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताउनु भयो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताउनु भयो ।

आफ्नो पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै लाग्नु पर्नेमा जोड दिदै उहँले स्थानीय तहको दोस्रो निर्वाचन भएका कारण गाउँपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भएको बताउनु भयो । शपथ लिएका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने रेग्मीले बताउनुभयो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजै जिम्मेवारी समेत सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय