बारा
जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले नगरको शिक्षा सुधारका पक्षमा पहिलो निर्णय गरेका छन् ।

सोमबार पालिकाको जितपुर स्थीत कार्यालयमा कार्यभार सम्हालेका पौडेलले नगरक्षेत्रका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने बालबालिकालाई निःशुल्क पोशाक उपलब्ध गराउने निर्णय गरेका हुन् ।

पदभारग्रहणपछि संचारकर्मीसंग कुरागर्दै नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न आफु प्रतिवद्ध रहेको बताए । विगतको भन्दा फरक र जनमैत्री ढंगबाट नगरको सेवा प्रवाह हुने उनको भनाई थियो ।

शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा उपमहानगरले बिशेष ध्यान दिँदै जनताको मनोभावना अनुसार काम गर्ने नगर प्रमुख पौडेलले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरका कार्यकारी अधिकृत चेतकुमार पोखरेल, नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेता,कार्यकर्ता , संचारकर्मीहरुको उल्लेखिय सभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय