
जैतापुर
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष भिम बहादुर गंतानले पदभार ग्रहण गर्दै प्रसुतीका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने घोषण गरेका छन् ।
वडाभरीका महिलालाई प्रसुतीका लागि घरबाट हस्पिटल सम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ, घोषणा पत्रमा उल्लेख छ । बुधबार वडा कार्यालय जैतापुरमा गंतानले पदभार ग्रहण गरेका हुन् ।


उपमहानगरपालिको केन्द्र जितपुरबाट पुर्व १७ किलोमिटरको लामो दुरीमा रहेको सो वडाबाट सरकारी अस्पतालको सेवालिन न्युनतम् १५ किलोमिट धाउनु पर्दै आएको छ ।
स्थानिय प्राथमिक स्वास्थ्य संस्थामा प्रसुती सेवा नहुँदा कलैया , बिरगजं, सिमरा लैजानु पर्ने बाध्यता रहँदै आएको छ । यस वापत एम्बुलेन्सलाई महँगो शुल्क तिर्नु पर्ने बाध्यता थियो ।
सो बाध्यतामा वडाको तर्फबाट राहत हुने गरी कार्यक्रम ल्याईको गंतान(लामा)ले बताए । वडाको केन्द्र रहेको जैतापुरमा भएको स्वस्थ्य संस्थाबाट समेत प्रसुती सेवा उपलब्ध गराउन पहल गर्ने समेत उनले बताए ।
कार्यक्रममा वडा सदस्यहरु ,नेकपा एमालेका स्थानिय नेता कार्यकर्ता, वडाबासीहरुको उल्लेखिय उपस्थीति रहेको थियो ।