पुष्पराज खतिवडा
बारा : विहिबार सर्वोच्च अदालतले निजगढमा निर्माणधिन अन्तराष्ट्रिय विमान स्थाल बनाउन रोक लगाएपछि बाराका जनता यतीबेला तनावमा छन् । राष्ट्रिय गौरवको आयोजना बारामै बन्ने चर्चा चलेको तीन दशकपछि प्रकृयाले गती लिँदै गर्दा अदालतबाट रोक लगाउने कार्यले जिल्ला बासीमा सन्नाटा छाएको छ ।

निर्णय सार्जजनिक भएसँगै यहाँका स्थानियले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै सोको विरोध गरेका छन् । जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजना माथी अकल्पनिय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम् पौडेलको भनाई छ ।

उनले विमान स्थल बन्न नदिन दक्षिण(विदेशी)को ईसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीहरुको कर्तब्य हो भनेका छन् । सर्वोच्चको आदेश विकास विरोधी फर्मान हो, पौडेलको भनाई छ ।

यस्तै संघिय सांसद रामबाबु कुमार यादवले तराईमधेशको विकाससँग मात्रै नभइ जिवनसँग खेलवाड गर्ने गरी अप्रत्यासित ढंगबाट आएकाले सर्वोच्को आदेशले गम्भीर बनाएको बताए । अदाललले सुझाव गर्ने हो । यस विषमा आजसम्म भएका सबै निर्णय नै बदर गर्ने र अर्को स्थानमा बनाउ भनेर आदेश गर्ने कुराले देश अदालतले देश संचालन गर्ने बाटोबाट अघि बढेको भान हुन्छ’, उनले भने ।

“३ खर्ब भन्दा बढी बजेट खर्चेर प्रारम्भीक तयारी पुरा गरिरहेको सन्दर्भमा आएको सर्वोच्चको आदेश हाम्रो जीवन र नेपालको भविष्यसँग कहिँन कहिँ कसैबाट संचालित निर्णय हो”, उनले भनेका छन् ।

“यसले देश र खासगरी मधेश प्रदेशलाई नै बर्वाद पार्छ । यो देशलाई अदालतले नै संचालन गर्ने भो । भएका निर्णयहरु बदर गर्नु, अर्को ठाउँमा ब्यवस्थापन गर्नु भन्नु भन्दा अदालतले नै देश संचालन गर्नु पर्ने आवस्था आयो । यो सरासर पूर्वाग्रही र अर्दुर्शी निर्णय हो । यो निर्णयले मधेश प्रदेशलाई नै असर पारेको छ, सांसद यादवले बताए ।

“लामो समय देखी अन्तराष्ट्रिय विमानस्थल बनाउने तरखर ग-यौं । साँढे ३ अर्बजती खर्च पनि भयो । कानुनी प्रकृया पुरा गर्दै जग्गा मुअब्जा समेत फाईनल भएको अवस्थामा निर्णय नै बदर हुनु दुर्भाग्यपूर्ण भयो ।

नेपाल सरकारले हालसम्म सो सम्बन्धमा गरेका सबै निर्णय खारेज गरी अर्को ब्यवस्थापन खोजी तर्फ लाग्नु भनेर आदेश गर्नुको मतलव यो देशसँग यो ठाउँसँग माया नभएको अवस्था देखियो ,यादवले सुनाए ।

हामी आफ्नो ठाउँबाट सम्बन्धीत ठाउँमा आवाज उठाउँछौं । नेपाल सरकारले बोन्ड निर्णय लिनु पर्ने अवस्था आउन सक्छ सांसदद यादवले बताए ।

यस्तै नेपाली काँग्रेसका यूवा नेता महासमिति सदस्य लोकेस सिंहले सर्वोच्चको यो निर्णयले मधेश प्रदेशसँग सतप्रतिशत धोका भएको बताएका छन् । उनले अन्तराष्टिय विमान स्थल निर्माणको चर्चाले तराईबासीमा बढीको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको बताए ।

यो दुर्भाग्यपूर्ण निर्णयले बाराका जनतामा निराशा पैदाभएको छ । कतिका घरमा खाना पाकेन । जिल्लाबासीले दवावका कार्यक्रमको तयारी गरिरहेका छन् । ब्यापक विरोध भैरहेको छ । सर्वोच्चले यो आदेशलाई सच्याओस् भन्ने चाहन्छौं सिंहले भने ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टि माओवादीका मधेश प्रदेश कमिटीका सदस्य निजगढ नगरपालिका–८, निवासी रविराज दंगालले सर्वोच्चको आदेश नेपाली जनताको भावना विपरित भएको बताएका छन् ।

उनले सरकारले २०७९।०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमान स्थल निर्माणको कार्यक्रम अगाडी बढाकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्ने बताएका छन् ।

सर्वोच्चको निर्णय विपरित तत्काल आदत घेर्न, आन्दोलनमा उत्रन समुदायलाई दंगालले अपिल समेत गरेका छन् । उनले भनेका छन् “सर्वोच्चले बषौंदेखी पछाडी पारिएको टाँगियाबस्तीको तत्काल ब्यवस्थापन गर्दै निर्माण कार्य अगाडी बढाउन आदेश दिनु पर्दथ्यो । ”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय