पथलैया: मानव अधिकार तथा शान्ति समाजको २७ औं स्थापना दिवसको अवसरमा समाजको बारा शाखाले वृद्धा आश्रममा खाध्यान्न वितरण गरेको छ ।
विहिबार अपराहन्न समाज बाराका सभापती सृजना गिरीको अगुवाईमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयामा रहेको आश्रममा खाध्यान्न वितरण गरिएको हो ।
समाजका कार्यसमिति सदस्य, सल्लाहकार एवं सदस्यहरुको आर्थिक सहभागितामा करिव ७ हजार ५ सय रकम बाराबरको खाध्यान्न वितरण गरिएको समाज बाराका सचिव लक्ष्यमण साहले बताए ।
दुईबोरा चामल , ५ केजी दाल, आलु ५ केजी, खाने तेल, २ लिटर, फ्रुटी ,विस्कुट,चाउचाउ, सोयाविन,भुजा, नुन, ग्लुकोज लगायत खाध्यान्न आश्रममा हस्तान्तरण गरिएको उनले बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजकी पूर्व केन्द्रिय सदस्य क्षमादवी अधिकारी, बारा शाखाका पूर्व सभापती, रघुनाथ लामिछाने, पूर्व उपसभापति पुष्पराज खतिवडा, र्वतमान कोषाध्यक्ष विन्दा कार्की, सदस्यहरु टेक प्रसाद घिमिरे, मिरा थापा तुलाधर, शान्ती कार्की, निराजन थापा, टिकादेवी उपाध्यय लगायतको सभागिता रहेको थियो ।
आश्रममा हाल १ जना जेष्ठ नागरिकहरु रहेका छन् । सो आश्रम स्थानिय जिवन कालिकोटेले संचालन गरेका हुन् ।
काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको समाजको करिब ४० जिल्लामा शाखाहरु रहेका छन् ।
२०५३ जेष्ठ १९ गते मानव अधिकार,शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उदेश्यले मानव अधिकारवादी अगुवा कृष्ण पहाडीको अगुवाईमा संस्था स्थापना भएको थियो ।
पहाडी शान्ति समाजका संस्थापक अध्यक्ष समेत हुन् । उने आफनो अगुवाईमा मावन अधिकारवादीहरुलाई संगठित गरी मानव अधिकार तथा शान्ति समाजको स्थापना गरेका हुन् ।
संस्थाले सामाजिक काममा खर्च हुने रकम सदस्यहरुबाटै स्वयच्छिक रुपमा संकलन गर्ने गरेको छ ।