सिमरा, बारा
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका पालिका २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था ( साकोस) लिमिटेड १५ औं बर्षमा प्रवेश गरेको छ ।

सोको अवसरमा संस्थाले शुक्रबार मुख्य कार्यालय सिमरा परिसरमा स्थापना विशेष समारोहको आयोजना गरेको छ ।

कार्यक्रममा संस्थाले उपमहानगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान र उत्कृष्ट कारोबारकर्ता, कर्मचारी तथा उत्कृष्ट अंकसहित स्नातक उतिर्ण सदस्यका सन्तति , पत्रकार सहित ४ दर्जन बढीलाई सम्मान गरेको छ ।

कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय सहकारी महासंघ (एशिया प्रशान्त क्षेत्र)का संचालक मीनराज कँडेलले उद्घाटन गर्नु भएको थियो ।

यस्तै विशेष समारोहमा संविधान सभा सदस्य शोभाकर पराजुली ,प्रदेशसभा सदस्य सुन्दर बिस्वकर्मा, सीता गुरुङ ,पुर्व नगर प्रमुख डा. कृष्ण पौडेल ,नगर उपप्रमुख भोला अधिकारी ,नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रेशम तिवारी , प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, जितपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

सिमरा,जितपुर, डुमरवाना आसपासका ४ हजारबढी सदस्यका बीच ६६ करोडको आर्थिक कारोबार गर्दै आएको संस्था २०६५ जेष्ठ २० गते डा. कृष्ण पौडेलको अगुवाईमा स्थापना भएको हो ।

कार्यक्रम संस्था अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षता संचालक क्षमा देवी अधिकारीको स्वागत र दिपक भट्टको संचालनमा कार्यक्रम सप्पन्न भएको हो ।

संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान, अस्पताललाई बेड सहियोग लगायत साताब्यापी कार्यक्रमहरु गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय