पिलुवा: विश्व पर्यावरण दिवसको अवसरमा जितपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका दुई स्थानमा १ हजार ५ सय विरुवा रोपिएको छ ।

ब्रम्हकुमाी राजयोग यूवा प्रभाग विरगजं र शसस्त्र प्रहरीको ४० नं. रिजर्व गणको आयोजनामा वृक्षरोपण गरिएको हो । बाटिका परिषरमा १ हजार र गण परिषरमा ५ सय गरी एकहजार ५सय विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।

ब्रम्हकुमारी राजयोगले पिलुवा स्थीत शान्ति बाटिका परिषरमा आयोजना गरेको कार्यक्रम बोटविरुवा गोडमेल र नयाँ विरुवा रोपणसँगै नवनिर्वाचित स्थानिय जनप्रतिनीधिहरुलाई सम्मान गरेको थियो । भने प्रहरी गणले गण परिषरमा वृक्षरोपण गरेर पर्यावरण दिवस मनाएको हो ।

दुबै कार्यक्रम वडा नं.१६ का अध्यक्ष हरिदेव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथी समेत रहनु भएका खरेलले बोटविरुवा र प्राणि विचको सम्बन्धलाई केलाउँदै मावन जीवनका लागि अक्सीजनको श्रोत नै बोटबिरुवा भएकाले शंरक्षणमा जट्नु पर्ने बताउनु भयो । वन जंगल खोलानालाको शंरक्षण विना मानव जीवन रहन नसक्ने वहाँको भनाई थियो ।

कार्यक्रममा शसस्त्र प्रहरीको ४० नं. रिजर्व गणका गणपति एसपी संजय भट्टराई, डमुरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, सामाजिक अगुवा राजकुमार अर्याल, अनिल कुमार मैनाली लगायतको सहभागिता रहेको थियो ।

सहभागिहरुले वातावरको महत्व दर्शाउँदै शंरक्षण जुट्न आग्रह गरे । कार्यक्रममा ब्रम्हकुमाी राजयोग विरगजंकी प्रमुख रविना दिदि ,चन्द्र निगाहपुरकी प्रमुख मैया बहन र शान्ति बाटिका शंरक्षक गुणराजभाईजीले जनप्रतिनीहरुलाई सम्मान गरेका थिए ।

यसैगरि रिर्जव गण परिषरमा भएको वृक्षणपण कार्यक्रममा गणपती भट्टराई, डिएसपी गोविन्द पोखरेल लगायतको सहभागिता रहेको थियो ।

दुबै स्थानमा आँप ,कटहर, टिक,रुद्राक्ष, गोलमोहर,वर, पिपलका विरुवा रोपिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय