बडहर्वा : सर्वोच्च अदालतले गत १२ गते गरेको निर्माणाधिन निजगढ अन्तराष्टि विमानस्थल निर्माणमा रोक लगाउने आदेशको विरुद्ध बडहर्वामा मशाल जुलुस सहित जनप्रदर्शन भएको छ ।

आईतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका १८ को बडहर्वा चोकमा मसाल जुलुस सहित जनप्रर्दशन गरिएको हो । स्थानिय मौवादेवी यूवा क्लबको अगुवाईमा भएको कार्यक्रममा सहभागिहरुले अदालतको कदम विरुद्ध नाराबाजी गर्दै मशाल जुलुस प्रदर्शन गरेका थिए । मशालजुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

सहभागिले बारामा अन्तराष्टिय विमानस्थल बन्नपर्छ । मधेश विरोधी हर्कत मुर्दावाद । विकास विरोधी होशियार लगायत नारा लगाएका थिए । निजगढ ,सिमरा, कलैया, कोल्हबी लगायतका जिल्लाका मुख्य स्थानहरुमा निरन्तर आन्दोलन भैरहेको छ । सोहीक्रममा बडहर्वामा समेत विरोध कार्यक्रमको अयोजना गरिएको क्लबका सचिव जगदिप कोईरालाले बताए ।

मशाल जुलुसपछि बडहर्वा चोकमा आयोजित कोणसभा वडा नं.१८ अध्यक्ष चतुरबाबु वाग्ले, सामाजिक अगुवा गोपिकृष्ण खतिवडा, विनिल प्रसाद अधिकारी लगायतकाले बोल्नु भएको थियो । वक्ताहरुले आन्दोलनलाई निरन्तरता दिन र जनसरोकारका विषयमा दवावमुलक कार्यक्रमहरु गरिरहनु पर्ने धारणा राखेका थिए ।

यस्तै अदालती उल्झन झिकेर निर्माण सम्पन्न हुन लागेको बालगंगा पुल निर्माणमा भएको अवरोधको समेत जनप्रर्दशनमा सहभागिले विरोध गरेका छन् । अर्कोसातबाट ज्ञापनपत्र, सडकजाम लगायत आन्दोलनका कार्यक्रम गर्ने दवाव श्रृजना गरिने भएको छ । यो गम्भीर विषयमा छलफल भरहेको र आन्दोलनको विकल्प नभएको मौवादेवी यूवा क्लबका अध्यक्ष दिपेश दाहालले बताए ।
दुईबर्ष अघिबाट निर्माण रोकिँदा लाखौं सर्वसाधारण हैरानी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय