मनहर्वा: ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र कलैयाकी मुख्य संचालिका मीना दिदीले विचार, दृष्टी, वचन र कर्मको सुद्धिकरण जरुरी हुने बताउनु भयो ।
सोमबार विहान ब्रम्हकुमारी पाठशाला बडहर्वाले स्थानिय जनप्रतिनिधीहरुलाई सम्मान गर्ने विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी ब्रम्हकुमारी राजयोगिनी मीनाले मावन जीवनलाई सत्मार्गमा डो-र्याउन र सत्वीचारको राज गराउन राजयोग शिक्षाले फाईदा गर्ने बताउनु भयो ।
वहाँले कर्मको फल सातजुनी सम्म पाईने भन्दै सत्कर्मका लागि संस्कारको जग बलियो बनाउनु पर्ने धारण ब्यक्त गर्नुभयो । पछिल्लो समय बालबालिका कुलतमा फस्ने क्रम बढेको प्रति चिन्ता ब्यक्त गर्नु भयो । ब्रम्हकुमारी योगिनी मीनाले धुम्रपान ,मद्यपान र नसापानले समाज धमिलो हुने भय बढेकाले सबैमिलेर समयमै ध्यानपु-याउनु पर्ने बताउनु भयो ।
ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र कलैयाको उपशाखा(पाठशाला) बडहर्वाले कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका–१८ का जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो ।
सोही पालिका वडा नं. १८का अध्यक्ष चतुरबाबु वाग्ले, सदस्यहरु लक्ष्मी वाईवा, अमृत आले मगर, ईन्धीर चौधरी र अदरी देवी चमईनलाई ब्रम्हकुमारी मीनाले फुलमाला सहित मायाको चिनो दिएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय तोयानाथ पाठक,श्यामचन्द्र प्रसाई, मेनुका खतिवडा, फुलकुमारी बस्नेत, राजेश भण्डारी, उर्मिला भण्डारी लगायत २ दर्जन स्थानिय अगुवाहरुको सहभागिता थियो ।
कार्यक्रम ब्रम्हकुमारी मीराको अध्यक्षता, विके पाठशाला बडहर्वाका संचालक गणेशबिक्रम थापाको स्वागत र योगिनी निर्मलाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।