काठमाडौं : मानसिक रूपमा अस्वस्थ रहेका व्यक्ति प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई एक करोड बढी घाटा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले करिब ९ घण्टा विद्युत् अवरुद्ध हुँदा एक करोड बढीको घाटा भएको बताए ।
उनले अहिले यकिन तथ्याङ्क निकाल्न केही समय लाग्ने उल्लेख गर्दै एक करोड बढीको घाटा भएको सुनाए  ।

ककनी-७ मा रहेको माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका मानसिक रूपमा अस्वस्थ रहेका माइला बिक चढेपछि विद्युत् बन्द प्रवाह गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय