काठमाडौं : चालु आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र पाउनको लागि सहकारी संघ/संस्थाले कोपोमिसमा अनिवार्य रुपमा समष्टिगत विवरण अनिवार्य भर्नुपर्ने भएको छ ।
अब सहकारीहरुले अनिवार्य रुपमा असार मसान्तसम्म कोपोमिसमा समष्टिगत भरिसक्नु पर्नेछ । सहकारी विभागले आन्तरिक राजश्व विभागलाई पत्राचार गर्दै कोपोमिसमा सहकारीको सूचना अभिलेखीकरण गरेका संस्थाको मात्र करचुक्ता दिन अनुरोध गरेको छ ।
सहकारी विभागका रष्जिट्रार रुद्र प्रसाद पण्डितले आन्तरिक राजश्व विभागका महानिर्देशन रितेश कुमार शाक्यलाई बुधबार भेटेरै उक्त अनुरोध गरेको हो । आन्तरिक राजश्व विभागले कर कार्यालयहरुलाई सोही बमोजिम गर्न पत्रचार गरिसकेको रजिष्ट्रार पण्डितले सहकारीखबरलाई जानकारी दिनुभयो ।
सहकारी विभागले सबै प्रदेश सहकारी रजिष्ट्रार, स्थानीय तह, सहकारी महासंघ, केन्द्रीय संघहरु, सहकारी बैंक, जिल्ला संघहरुलाई जेठ ९ गते नै पत्राचार गरिसकेको थियो ।
अब सहकारीले कर चुक्ता प्रमाण पत्र पाउन कोपोमिसमा आवद्ध भएको दाखिला नं. लिएर गएपछि मात्रै प्रमाण पत्र पाउने रजिष्ट्रार पण्डितले जानकारी दिनुभयो । यसो हुँदा सम्पूर्ण सहकारीहरु कोपोमिसमा आवद्ध हुने उहाँको भनाई छ ।
के हो कोपोमिस ?
सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणालीको छोटकरी नाम हो कोपोमिस । सहकारी क्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ‘कोपोमिस’ ।
यो सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु अनुरुप सहकारी क्षेत्रको प्रवर्द्धन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरो सामना गर्न र गरिवी निवारण कार्यलाई दक्ष र प्रभावकारीरुपले सञ्चालन गर्नका लागि सघाउ पुर्याउन तयार गरेको हो। कोपोमिस वेबमा आधारित प्रणाली हो । इन्टरनेट सुबिधा उपलब्ध हुने स्थानमा यो सुबिधा प्रयोग गर्न सकिनेछ ।
यसले सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नुपर्नेर्यहरुलाई अनलाई न पद्धतिमा रुपान्तरण गर्ने, पारदर्शीता र जवाफदेहिताको प्रवर्धन गर्ने, आन्तरिक नियन्त्रण पद्धतीलाई स्थापित गर्दै सुशासन कायम गर्न सहयोग पुर्याउने छ । सहकारी सम्बन्धी कानुन, नीति, मापदण्ड, अभ्यास आदीको कार्यान्वयन र आवश्यक सूचना एकैपटक यसबाट प्राप्त गर्न सकिनेछ ।
सहकारी संघ/संस्थाको व्यवस्थापन तथा अनुगमन प्रभावकारी ढंगले गर्न, वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन, पल्स्र एवं परियवजनागत वित्तीय विश्लेषण गर्न सहज हुने, लेखा परिक्षण गराउने कार्यमा यसले मद्दत पुर्याउनेछ ।
कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धति स्थापित हुने बताइएको छ । जसले सहकारी क्षेत्रको जोखिम न्यूनिकरण हुनेछ । कार्य सम्पादन सहल, छिटो छरितो हुने मन्त्रालयको दाबी रहेको छ ।
कोपोमिस-कोपोमिस-कोपोमिसः के हो कोपोमिस ?सफ्टेक प्रविधि फाउण्डेशनले दुई वर्ष लगाएर कोपोमिस बनाएको हो । उक्त प्रविधिभित्र छुट्टाछुट्टै सहकारीले आफ्नो सहकारीका मासिक तथा वार्षिक प्रतिवेदन, निवेदन दाखिला, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, गरिबीको संख्यालगायत अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।
कोपोमिसमा अनिवार्य प्रविष्टी गर्नुपर्ने समष्टिगत विवरण भर्ने तरिका
कोपोमिसमा कसरी आवद्ध हुने?
यदी तपाईंको सहकारी संस्था अहिलेसम्म कोपोमिसमा आवद्ध भएको छैन भने पहिला युजरनेम र पासवर्ड लिनुपर्ने हुन्छ ।
युजरनेम र पासवर्ड लिनको लागि आफ्नो संस्थाको नियामक निकायमा जानुपर्ने हुन्छ । त्यहाँ गएपछि नियामक निकायले निःशुल्क युजरनेम र पासवर्ड दिन्छ । त्यस्तै संघीय सरकारको सहकारी विभागबाट पनि युजरनेम र पासवर्ड सहजै लिन सकिन्छ । संस्थाको नाम, दर्ता नम्बर र ठेगाना सहितको संस्थाको लेटरप्याडमा पत्र पठाउन सकिने छ ।
उक्त पत्र पठाएको बढीमा दुई दिनभित्र सहकारी विभागले युजरनेम र पासवर्ड उपलब्ध गराउँछ । उक्त लेटर सहकारी विभागको sahakaribivag@gmail.com इमेलमा पठाउनुपर्ने हुन्छ ।