पुष्पराज खतिवडा
४ असार २०७९
बडहर्वा : जग्गा विवाद झिकेर निर्माणधिन पुल अलपत्र पर्ने सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंलाई स्थानियले कार्वाहीको माग गरेका छन् । सिमरा–कोल्हवी सडकखण्ड अन्तरगत जीतपुरसिमरा उपमहानगर १२, १५ रु १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीका कारण अलपत्र परेको भन्दै स्थानिय रुष्ट बनेका हुन् ।

आक्रोसित स्थानियको शनिबार अलपत्र पुलमुनी बसेको भेलाले पुलको निर्माण रोक्ने सखरा हाउजिँग कम्पनीलाई वडा कार्यालयहरुबाट आवस्यक हुने कागजातमा रोक्का गर्न जनप्रतिनधिहरुसँग माग गरेका थियो ।

भेलामा सहभागि वडा अध्यक्षहरुले समेत स्थानियको मागलाई तत्काल सम्बोधन गर्दै सो कम्पनीको समस्या समाधन नगरे सम्म कुनै काम नगर्ने बताएका छन् । जग्गा कारोबारका नाममा खोला किन्ने , मास्ने र जनताका सेवामा अवरोध श्रृजना गर्ने सखरा हाउजिँग कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित आधा दर्जन वडा अध्यक्षहरुले बताएका छन् ।

पुल निर्माणको काम रोकिँदा दैनिक हजारौं सर्वसाधारण जनताले दुःख पाएको भन्दै भेलामा सहभागिले संर्घषमा उत्रिने घोषणा गरेको छन् । बर्षायामसँगै वाढी डुवानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानियले सहज पार्न सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गर्ने उदेश्यले आयोजित भेलाको आयोजना गरेको हो । वडा नं. १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति बनाएर पुल तत्काल निर्माण सम्पन्न गर्न दवाव श्रृजनागर्ने भेलाले निर्णय गरेको छ ।

०७८ चैत्र मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भैरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाका विरुद्ध २०७७ माघ २७ गते सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

कम्पनीले साविक डुमरवाना गाविस वडा नं.४ को कित्ता नं. ४३४ को १ विगाह र कित्ता नं.४३५ को ३ कठ्ठा जमिन मध्य १ विगाह १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीका तर्फबाट कलैया उपमहानगरपालिका २४ सखुईका रामेश्वर प्रसाद यादवले मुद्दा दर्ता गराएका हुन् । उनले प्रति कठ्ठा ११ लाख क्षेती पूर्ती माग दावी गरेका छन् ।

सोही मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत बाराले निर्माणमा रोक लगाउँदा पुल अलपत्र परेको हो ,स्थानिय हरिचन्द्र प्रसाद यादवले बताए ।
विचाराधिन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ती अन्यका लागि आवश्यक पहल गरिदिन जनप्रतिधिहरुलाई आग्रह गरे । पुल निर्माण कार्यलाई चाँडै सम्पन्न गर्नु पर्ने भेलामा सहभागिहरुले बताए ।

करिब ८५ प्रतिशत काम सम्पन्न भई सकेको अवस्थामा भुमाफियाहरुले चलखेलले गर्दा उपमहानगरबासिले आफ्नै केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नु पर्ने अवस्था रहेको वडा नं. १८ का जगदिप कोईरालाले बताए ।

काठमाण्डौंमा बसेर यहाँका खोलाको जमिन सस्तोमा किनेर जनतालाईनै दुःखदिने आउजिँगको कारोबार संकास्पद रहेको भन्दै स्थानियले छानविन गर्न माग गरेका छन् । ठुला जग्गा कारोबारीहरुले सरकारका प्रतिनधिहरुसँगको सेटिङ्गमा खोलामा परेका जग्गा सस्तोमा किनेर मोटो रकम क्षेतीपुर्ती लिने गरेको उनीहरुले आरोप लगाए ।

कार्यक्रममा वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले, १७ का भिम वहादुर गंतान, १६ का हरिदेव खरेल, १५ का रामप्रसाद लामिछाने, १२ का श्यामबाबु चौधरी र १३ नं. वडाका अध्यक्ष हेमनारायण चौधरी लगायत सयौं स्थानियको सहभागिता थियो । उनीहरुले पुल निर्माणको निकास ननिस्कँदा सम्म जनतालाई दुःख दिने कम्पनीको कुनै काम नगर्ने भेलामा सहभागिहरुका विच प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय