जापान: जापानको टोकियोमा खोलाले बगाएर २  नेपाली बालकको मृत्‍यु भएको छ । खोलामा खेल्न गएका उनीहरूको हिजो साँझ मृत्‍यु भएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खोलामा खेल्न गएका १३ र १४ वर्षका बालकहरू नफर्केको भन्दै प्रहरीलाई खबर आएपछि उद्धार टोली पठाइएको थियो ।

करिब ४० मिनेटपछि उद्दार गरी अस्पताल पुर्‍याइएका ती बालकको उपचारका क्रममा निधन भएको हो ।   मृतकहरूको नाम तथा पूर्णविवरण प्राप्त भइसकेको छैन । स्रोत : नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय