७ असार २०७९
बारा:पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाईते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित सहजनाथ मन्दिर जाने बाटो नजिकैको राजमार्गमा निजगढबाट आउँदै गरेको प्र २–०३–००१ च ४३२० नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ क १९७१ नम्बरको टिपर ठोक्किदा जिपमा सवार महोत्तरी औराही नगरपालिका १ का ३० वर्षिय संजीव मण्डलको मृत्यु भएको हो ।

मण्डलको बिरगंज स्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । मण्डलको टाउको र नाकमा गम्भिर चोट लागेको थियो ।

दुर्घटनामा परी सोही ठाँउका ३० वर्षिय लालश्री साह, बर्दिबास ११ का १८ वर्षिय जिप चालक जितेन्द्र पासवान, वीरगन्ज ३१ विश्रामपुरका २९ वर्षिय टिपर चालक शेख महमद कासिम र सोही ठाँउका १८ वर्षिय टिपर सहचालक रामजी मण्डल घाईते भएका छन् ।

घाईतेको अवस्था सामान्य रहेको र बिरगजंमा उपचार भईरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

यस्तै दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मंगलवार अर्का एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाईते भएका छन् ।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैया तर्फ आउँदै गरेको ना २८ प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना ३४प ७९२२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा करैयामाई गाँउपालिका १ का २२ वर्षिय तबरेज आलमको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिए ।

दुर्घटनामा सोही ठाँउका २५ वर्षिय नसरुदिन अंसारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षिय सुरेश साह, उनकी श्रीमती ३२ वर्षिया सविता देवी र २२ वर्षिय रामप्रवेश साह घाईते भएका छन् ।

घाईते मध्ये अंसारी र सविता देवीको अवस्था गम्भिर रहेको छ । उनिहरुको हाल बिरगजं स्थित वयोधा अस्पतालमा उपचार भईरहेको डिएसपी थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय