९ जेष्ठ २०७९
बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिका बलात्कार गरेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने बर्ष १९ को अजय पाख्रिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई घरमा कोही नभएको मौका पारि ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलत्कृत बालिकाको अवस्था सामान्य रहेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बुधबार साँझ ५ बजे घटना भएको हो ।
पक्राउ परेका यूवकलाई विहिबार अपराहन्न जिल्ला अदालत बाराबाट दिन ७ को म्याद थप लिई न्यायायिक हिरासतमा राखी आवश्यक अनुसन्धान जारी रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।