
बारा:आन्दोलनको आँधी ल्याउने लोसपा सम्बद्ध युवा संघले चेतावनी दिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्ध बाराको कलैयामा प्रदर्शनमा उत्रीएको लोकतान्त्रिक युवा संघ बाराले यस्तो चेतावनी दिएको हो । विहिबार संघका अध्यक्ष साबिर आलमको अगुवाइमा जिल्लाको सदरमुकाम कलैयामा प्रदर्शन गरिएको हो ।


पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरेर जनता माथी गरिएको अन्याय प्रति सरकारले माफी मागु पर्ने युवा नेता आलमले माग गरे ।
परमादेशबाट बनेको सरकारले जनतासंग अन्याय मात्रै गरेको भन्दै प्रदर्शनम सहभागीले सरकार विरुद्ध चर्को आक्रोश व्यक्त गरे । अचाक्ली मुल्य वृद्धिले मधेस प्रदेशका जनता सबैभन्दा बढी मारमा परेको भन्दै संघले सरकारलाई तत्काल सच्चिन आग्रह गरेको छ ।