१० जेष्ठ, बारा: जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकलाई वाईपासगरी नगरसभा गर्न खोजिएको भन्दै सदस्यहरुले विरोध गरेपछि नगरसभा स्थगित भएको हो ।

नपरप्रमुख राजन पौडेलले एकलौटी ढंगबाट निति ,कार्यक्रम र बजेट तयार गरी जबरजस्ती नगरसभा आयोजना गर्न खोजेपछी सोको विरोध भएको कार्यपालिका सदस्य हरिदेव खरेलले बताए । विभिन्न समितिले तयार पारेका प्रतिवेदन निति कार्यक्रममा परेका छैनन् । बजेटको मनपरि सिलिङ्ग गरिएको हुँदा समस्या भएको हो , उनले भने ।

नगरले १ अर्ब ५५ कारोड रुपैँयाको बजेट ल्याउने तयारी गरेको थियो । २४ वडाका लागि २८ करोड ३२ सिलिङ्ग तय गरिएकोमा नगरसभा सदस्यहरुले बाँकी रकमको औचित्य पूष्ठी गर्न नगरप्रमुखलाई आग्रह गरेका छौ, तर मेयरले चाहेका छैनन् ।

नगरसभामा प्रस्तुत हुने कार्यक्रम तथा बजेटका सम्बन्धमा कार्यपालिका बैठकमा प्रयाप्त छलफल नगरी ल्याईने कार्यक्रम प्रति जनप्रतिनीधि आक्रोशित बनेका कारण नगरसभा हुने वातावरण भएन । नगरका कर्मचारीसँगको मिलेमत्तोमा नगर प्रमुख पौडेलले विधि प्रकृयालाई मिच्चे प्रयास गर्नु भयो । सोको विरोध गरेका हौं, अर्का कार्यपालिका सदस्य सुनिल गुप्ताले बताए ।

प्राविधिक रुपमा तयारी गर्नुपर्ने कतिपय विषयलाई मेयरसावबाट वेवास्था गर्ने प्रयास गरियो । फल स्वरुप नगरसभा स्थनगन गर्नुपर्ने वाध्यता बन्यो, उपमेयर भोला अधिकारीले बताए ।

यता नगरप्रमुख पौडेलले कार्यपालिकामा आवश्यक विषय र पद्धतीका सन्दर्भमा भन्दा ब्यक्तिगत लाभ र सन्दर्भ बाहिरका कुरा झिकेर बखेडा भैरहेपछि कानुनी प्रकृया अनुसार नै नगरसभा बोलाईएको हो ।

कार्यपालिका सदस्यहरुले उठाएका विषयमा पछीपनि प्रयाप्त छलफल गरी सल्टाउँदै लैजान सकिएला भनेर कानुनले तोकेको समयसिमा भित्रै नगरसभा बसाउने प्रयास गरिएको हो, उनले भने । यद्यपी आज सभा हुन सकेन । छलफल र सहमतिको प्रयासलाई निरन्तरता दिँदै कानुनी प्रकृया अनुसार नगरसभा हुने उनले बताए ।

समहतीबाट निकास निस्कने नदेखीए नगरको सभा संचालन नियमावली२०७५ अनुसार अघि बढ्ने उनले बताए । सो एनको दफा ५ मा पहिलो, दोस्रो र तेस्रो पकट सभा बोालाउन सकिने उल्लेख छ । पहिलो र दोस्रो सभाका लागि ५१ र तेस्रोपटकमा २५ प्रतिशत नगरसभा सदस्य उपस्थीतलाई गणपुर संख्या पुग्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय