हेटौंडा: एमालेको विरोधपछि शुक्रबार स्थगित हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा तथा उपमेयर राजेश बानियाँले बहुमत कार्यपालिका र नगरसभा सदस्यलाई जानकारी नगराई बजेट प्रस्तुत गर्न लागेको भन्दै एमालेले विरोध गरेको थियो । विरोधपछि स्थगित नगरसभा गर्नेबारे मेयर र उपमेयरले एमालेसँग तीनबुँदे सहमति गरेका छन् ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका दलका प्रमुख सचेतक सुनिल मोक्तानले आफूहरुको माग सम्बोधनमा नगर प्रमुख र उपप्रमुखले तीनबुँदे सहमति गरेको जानकारी दिए ।

सहमतिको पहिलो बुँदामा नेकपा एमाले सम्बद्व ५४ जना सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगरसभापछि कानूनी परामर्श गरी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । दोस्रो बुँदामा विषयगत समितिहरू सहमतिको आधारमा गठन गर्ने र तेस्रो बुँदामा बजेट निर्माणमा सामूहिक छलफलबाट टुङ्गो लगाउने उल्लेख छ ।

हेटाैंडा उपमहानगरपालिकाकाे नगरसभामा एमालेकाे बहुमत रहेकाे छ । सहमति भएसँगै स्थगित नगरसभा आइतबार दिउँसो ३ बजेबाट सुरु हुने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय