बारा, १२ असार :
लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस (जुन २६) को अवसरमा आईतबार कलैयामा -याली निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको अगुवाईमा प्रहरी परिषरबाट बिहान ८ः०० बजे निकालिएको -यालीले सदरमुकाम कलैया बजारको परिक्रमा गरेको थियो ।

समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बारा , कलैया उपमहानगरपालिका वडा नं.१, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कलैया र मनकामना इंग्लिश बोर्डिङ स्कुल कलैयाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको बारा प्रहरीले जनाएको हो ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्य भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेश थापा, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापाको सहभागिता थियो ।

यसैगरी कलैया उपमहानगर प्रमुख विनोद साह, समुदाय–प्रहरी सेवा केन्द्रका अध्यक्ष मो.सगिर, सचिव जंग बहादुर यादव, महिला तथा वालवालिका संस्था बाराकी अध्यक्ष बबिता जयसवाल सहभागि थिईन् ।

यस्तै कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, नेपाल प्रहरी, सस्शत्र प्रहरीका वजान, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि थिए ।

प्रहरी प्रवक्ता डिएसपी थापाका अनुसार व्यापारी, संघ/संस्थाका प्रतिनिधि, बुद्धिजिवीहरू, शिक्षक तथा विद्यार्थीहरू समेत गरी अनुमानित ३०० जना व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

-यालीपछि भरत चोकमा आयोजित सभामा प्रमुख अतिथि, अतिथि एवं सहभागीहरुले लागू औषध सेवन गर्नु हानिकारण हुने धारणा राखेका थिए । लागु औषधले धन, मान, ईज्जत मात्रै नभै ज्यानै जाने उनीहरुको भनाई थियो । यस्का विरुद्ध खुलेर लाग्न सबैलाई अतिथीहरुले आग्रह गरे ।

लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस (जुन २६) को अवसरमा आईतबार कलैयामा निकालिएको ¥यालीका केही दृष्यहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय