पुष्पराज खतिवडा
बारा
१८ असार २०७९

प्रधानमन्त्री शेर बहादुर देउवा सहित पाँच दलिय गठबन्धनका शिर्ष नेताले निजगढ अन्तर्राष्ट्रिय विमान स्थल बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

शनिबार बिहान स्थलगत निरिक्षणका लागि  गठबन्धनमा आवद्ध दलका शिर्ष नेताहरू  बारा आएका थिए ।  नेपाली सेनाको  हेलिकप्टरबाट आएका नेताहरूले सेनाको विकास निर्माण दल जिरो किमि निजगढमा जनप्रतिनिधि एवं पत्रकारसँगको  समेत छलफल गरेका थिए ।

सो क्रममा गठबन्धनका शिर्ष नेताले विमानस्थलको आवश्यकता औंल्याउँदै प्रक्रियामा लैजाने बताएका छन् ।

छलफल कार्यक्रमलाई अन्तिममा सम्बोधन गरेका प्रधानमन्त्री  देउवाले विमानस्थल निर्माण सम्पन्न गरेर यहीँबाट विमान उडाउने प्रतिवध्दता जनाए । उनले पहिला निजगढ -काठमाडौ फास्ट ट्र्याक निर्माण सम्पन्न हुने जनाए ।

त्रिभुवन विमानस्थलले विमानको चाप धान्न नसक्दा कतिपय उडान भारतको दिल्ली , बङ्ग्लादेशको ढाकामा आवतरण गर्नु पर्ने अवस्था झेल्नुपरेको प्रधानमन्त्री देउवाले बताए । उनले २ लेनको मात्रै भएपनी विमानस्थल बनाएर यहाँबाट विमान उडाउने दावी गरे ।

यस्तै गठबन्धनका नेता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा  विमानस्थल बन्दा मात्रै  फास्टट्याकको औचित्य पुष्टि हुने बताए । उनले भने विमानस्थलको सहजताका लागि फास्ट ट्याक निर्माणको आवश्यकता भएको हो । यो योजना राष्ट्रिय आवस्यकता पनि हो ।

तराई मधेससंगै समग्र मुलुकका लागि गेम चेन्जर योजना अगाडी बढाउने बिषयमा गठबन्धनमा सहमति बनेको उनले जानकारी दिए ।

यसैगरी पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले  अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नै नदिने कुरा नगरेको भन्दै  अनावश्यक माग राखेर भन्दा पनि सहयोग गरेर योजना पूरा गर्नुपर्ने बताए । उनले यहाँका स्थानीयले सहयोग नगरे यो योजना अन्यत्र जान सक्ने बताए ।

गठबन्धनका अर्का नेता उपेन्द्र यादवले  राष्ट्रिय आवश्यकता  पूरा गर्नकै लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै  नगरेर काम अगाडी बाढाउनु पर्ने बताए । उनले नेपालमा चर्चामा आएको २६ बर्ष हुँदै गर्दा छिमेकी भारतमा धेरै  आधुनिक विमानस्थल निर्माण सम्पन्न भएको सुनाए ।

गठबन्धनका नेताहरू बोल्ने क्रममा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सर्वोच्चले कम क्षेतीमै विमानस्थल बनाउ भन्ने आशय राखेको बताइन् । उनले सोही अनुसार नै बारामा विमानस्थल बनाउने बिषयमा सहमति बनेको भन्दै प्राविधिक पक्षले काम गर्ने बताइन् । हाम्रो काम सहमतिमा निकास दिने हो । गर्ने त प्राविधिकहरुले नै हो उनले भनिन्  ।

टोलीमा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा , वन तथा वातावरण मन्त्री रामसहाय यादव , खाने पानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी , संकृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठ ,  वाग्मती प्रदेशका मुख्य मन्त्री  राजेन्द्र पाण्डे ,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी  लगाएयत सहभागी थिए ।

नेपाली सेनाको विकास निर्माण दल जिरो किमि गण निजगढमा विमानस्थल निर्माण आयोजनाका प्रमुख  बिजय यादव शिर्ष नेताहरुलाइ कार्य प्रगति जानकारी गराएका थिए ।
बिहान १०:३० मा नेपाली सेनाको हेलिकप्टरबाट बारा आएको शिर्ष टोलीले विमानस्थल निर्माण हुने क्षेत्रको हेलिकप्टरबाटै निरिक्षण समेत गरेको थिए।

सर्बोच्च अदालतले जेठ १२मा निजगढमा  विमानस्थल बनाउन रोक लाएको थियोे  । सोको सर्वत्र विरोध भएको थियो ।  गत बुधबार आदेशको पुर्णपाठ आउँदा  विमानस्थल निर्माण रोक्ने नभै कम क्षेतीमा बनाउन सकिने आशय सार्वजनिक भएपछि शिर्ष नेताको टोलि अनुगमनमा आएको बताइएको छ ।
फोटो : शनिबार निजगढमा प्रधानमन्त्री सहित ५ दलिय शिर्ष नेताहरू ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय