१८ असार, बडहर्वा: जितपरसिमरा उपमहानगरपालिका वडा नं.१८को बडहर्वामा रहेको मौवादेवी यूवा क्लबको २६ औं बार्षिक साधारणसभाको बन्दसत्रमा विवाद भएपछि सभा स्थगित भएको छ । नयाँ कार्यसमिति नयन गर्नेगरी शनिबारका लागि साधारणसभा बोलाईएको थियो ।

स्थानिय नेपाल राष्टिय माद्यमिक विद्यालय परिषरमा बसेको सभामा पेस भएको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नआएपछि विवाद भएको थियो । यसबर्षको हिसाव किताव टालटुले ढंगले पेश गएिको भन्दै सहभागि यूवाहरुले विवाद गर्दा कार्यक्रम स्थगन भएको कार्यक्रममा सहभागि यूवा विश्व कार्कीले बताए ।

पहिलो सत्र सौहार्दपूर्ण सम्पन्न गरी बन्द सत्रमा आर्थिक प्रतिवेदन पेश हुँदा विवाद भएको हो । अव लेखापरिक्षण सम्पन्न गरेर आगामी श्रावण २८ गते पुनः बस्ने गरी हाललाई स्थगन गरिएको क्लबका सचिव जगदिप कोईरालाले बताए ।

उद्घाटन सत्रमा क्लब स्थापना र संचालनमा विशेष योगदान गर्ने पूर्व संचालकहरु नवनिर्वाचित जनप्रतिनिधीहरु र स्थानिय समाजसेवीलाई सम्मान गरेको थियो । क्लबका पूर्व अध्यक्ष शिव प्रसाद न्यौपान, सरोज विडारी, राजु कुमार कार्की , वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले , पूर्व अध्यक्ष अर्जुन प्रसाद दाहाल, स्थानिय कृष्ण बहादुर पुलामी लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरिएको क्लबका सचिव कोईरालाले जानकारी दिए ।

कार्यक्रम क्लबका अध्यक्ष दिपेश दाहालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय