मनहर्वा
१८ असार २०७९
पिलुवा-कलैया सडकखण्डको बडहर्वामा मोटरसाईकलको ठक्करबाट पैदल यात्री महिला गम्भीर घाईते भएकी छन् ।

उनको न्युरो अस्पलालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ५ बजे ज्याला गरेर पिलुवा तिरबाट दक्षिण घर फर्कदै गरिकी जितपुरसिमरा उपमहानगरपालिका १८ मनहर्वाकी २१ बर्षिया संजिता चौधरीलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कोलनी चोक नजिकै चौधरीलाई ना ४५ प १५३ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिएको हो । ठक्करबाट उनको पछाडी टाउको , खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

ती महिलाई ठक्कर दिने मोटरसाईकल र सोका चालक कलैया उपमहानगरपालिका ८ बरेवाका एक यूवा प्रहरी नियन्त्रणमा रहेको सिमरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय