बारा: महागढीमाई नगरपालिका वडा नं २ ईनर्वा चोकमा एकजना भारतीय नागरिको शव फेला परेको छ । स्थानिय रामजानकी मन्दिरको बराण्डामा आईबार विहान पुरूषको शव फेला परेको हो ।

मृतक पुरुष भारत बिहार घर भई बिगत १ बर्ष देखि आशपास मागि हिड्ने गर्ने ब्यक्ति भएको प्रहरीले जनाएको छ । नाम थर नखुलेका अन्दाजी ७० बर्षका भारतिय नागरिकको मृत्यु कारण पत्ता लागेको छैन ।

अनुसन्धान गरिरहेको प्रहरीले मृतकको शव प्रादेशिक अस्पलात कलैयामा राखिएको जनाएको छ । भारतीय नागरिको मृत्युका विषयमा अनुसन्धान भैरहेको छ, बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय