पुष्पराज खतिवडा
१९ असार ,बारा: टाँगियाबस्तीकोे न्यायोचित ब्यवस्थापन गरेर मात्रै विमानस्थल निमार्ण गर्र्ने सर्वदलीय बैठकले सरकारसँग माग गरेको छ । आईतबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६को कार्यालय सखुवाघाटमा बसेको वडास्थतरिय सर्वदलय बैठकले विभिन्न समस्या भोग्दै आएका टाँगियाबासीको पहिला न्याय त्यसपछि मात्रै विमान स्थलको काम सुरु गरिनु पर्ने निर्णय गरेको छ ।
सरकारले जीतपुरसिमरा १६ टाँगियाबस्ती भएको स्थानमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा दोश्रा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जनाएको छ । सर्वदलिय बैठकले जनताको उचित ब्यवस्थापन गरेर मात्रै अगाडी बढ्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यहाँका जनताले बषौं देखी शिक्षा, स्वास्थ्य , संचार जस्ता आधारभुत सेवा पाउन सकेका छैनन् । विकासका काम रोकिँदा १४७६ घरधुरीका करिव ११ हजार जनसंख्या समस्यामा छन् । वडा नं. १६ का अध्यक्ष हरिदेव खरेलले बताए ।
“२९३६ मतदाता रहेको बस्तीमा नगरले मात्रै चाहेर आवश्यक काम गर्न सकिने अवस्था देखिँदैन । दोश्रो अन्तरास्ट्रिय विमानस्थल बन्दा २०३४\३५ साल देखि बसोवास गरेका जनताहरूको विषयमा सरकार जिम्मेवार देखिएन तत्काल ठोस निर्णय गर्न सरकारलाई हाम्रो आग्रह छ,” खरेलले भने ।
असार १८ गते सरकार प्रमुख (प्रधानमन्त्री) शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादव लगायत सत्ता गठबन्धनका शिर्ष नेता बारा आएका थिए । उनीहरुसँगै वन तथा वातावर , अर्थ, पर्यटन लगायत विभागिय मन्त्री आएका थिए ।
प्रधानमन्त्री सहितको जम्बो टोली बारा आउँदा समेत टाँगियाबासीलाई वेवास्था गरेकोमा टाँगियाबासीको मन दुखेको छ । आफुहरूले भोग्दै आएका समस्या प्रति राज्य गम्भीर हुन नसकेको भन्दै टाँगियाबस्तिका अगुवा रमेश सापकोटाले गुनासो सुनाए ।
हिजो तराई काठमाण्डौं दुर्तमार्गमा प्रधानमन्त्रीले गरेको सम्बोधनमा टाँगियाबस्ती ब्यवस्थापन हुने कुरा नआएको भन्दै टाँगियाका नवराज संजेल, ज्ञानबहादुर थिङ लगायतकासर्वदलिय बैठकमा चिन्ता ब्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा दुई लेनको भए पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनिरहँदा टाँगियाका जनताका विषयमा सम्बोधन हुनेमा आशाबादी थिए । प्रधानमन्त्री सहितका नेताहरुको मन्तब्यमा बस्ती ब्यवस्थापनका सम्बन्धमा सम्बोधन नभएकोमा चिन्ता लागेको वडा नं १६ का अध्यक्ष समेत रहेका खरेलले बताए ।
उर्जा मन्त्रालयले टाँगिया बस्तीमा विधुतिकरणका लागि तार ,पोल पठाएको छ । वन विभागले पोल गाड्न दिएको छैन । टाँगियामा तत्काल विधुतीकरण गर्न सहजिकरण गर्न समेत बैठकले सरकारसँग आग्रह गरेको खरेलले बताए ।
सर्वपक्षिय बैठकमा नेपाली काङ्ग्रेसका वडा सभापति नवराज संजेल, कोषाध्यक्ष ज्ञानबहादुर थिङ,श्याम तुम्सीङ,नेकपा एमालेका पुष्पराज थापामगर,नारायण घिमिरे,रमेश सापकोटा सहभागि थिए ।
यस्तै नेकपा माओवादीका नेता निवर्तमान वडा अध्यक्ष केदारनाथ बजगाई ,राष्ट्रिय प्रजातन्त्र पार्टिका कमल नेपाल ,बुद्धिजीवी अनिल मैनाली, राधेश्याम शिवाकोटी लगायतको उपस्थिति रहेको बैठक वडा अध्यक्ष हरिदेब खरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।