१९ असार,बारा: जिल्लाको तत्कालिन निजगढ गाउँ विकास समितिका अध्यक्ष एवं नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एक बहादुर श्रेष्ठ ड्रागन फ्रुटको खेतीमा रमाई रहेका छन् ।

श्रेष्ठले ३ वर्षअघि नगरपालिकाको वडा नं.७, भमराटोलमा लगाउनु भएको ड्रागन फुडका विरुवाले यती बेला धमधाम उत्पादन दिन थालेको छ । १५ कठ्ठा आफ्नै बारीमा लगाएको ड्रागन खेतीबाट राम्रो आम्दानी लिन थालेका श्रेष्ट निकै खुशी छन् ।

ड्रागनको जिल्लामै पहिलो पटक व्यवसायीक खेती सुरु गरेका श्रेष्ठले करिब २२ लाखको लागतमा ४ सय बिरुवा लगाएका थिए ।
प्रतिकठ्ठा ५० वटा सिमेन्टका पिल्लरमा ३ देखि ५ वटा विरुवा छन् ।

उनको बारिमा ४ सय बोटहरू छन् । त्यस मध्यका २ सय ५० बोटमा फूल फुल्ने र फल लागी रहेका छन् । श्रेष्ठले ड्रागन फुडसँगै खोर्सानी, भिण्डी र काक्रो खेती समेत गर्दै आएका छन् ।

तरकारी तथा ड्रागन खेतीबाट प्रति कठ्ठा वार्षिक १ लाख ५० हजार सम्म आम्दानी हुने श्रेष्ठले बताए ।

कृषि पेसामा फाइदा हुँदैन भन्नेहरुलाई उनी समय र फरक तरिकाले खेती गर्दा सफल भईने बताउँछन् । व्यावसायिक ड्रागन खेतीमा रमाइरहेका श्रेष्ठ भन्छन् “काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ ” ।

पहिलो पटक करिब ७० हजार रूपैयाँको फल विक्रि गरेका श्रेष्ठ भन्छन् “फूल फुलेको ३० औं दिनमा फल पाकेर खान योग्य हुने र टिपेको १० र १५ दिनसम्म यो फल विग्रिँदैन ।

गर्मी यामको बैशाख महिनाबाट मंसिर यसले उत्पादन दिन थाल्ने र बर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यस समयमा फूल फुल्ने, कोपिला लाग्ने, फल पाक्ने क्रम नियमित चलिरहन्छ,” उनले भने ।

श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भैसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् । चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको देख्न सकिन्छ ।

रोपेको २५ बर्षसम्म उत्पादन लिन सकिने यो खेतीबाट मनग्य राम्रो आम्दानी गर्न सकिन्छ ,पूर्व जनप्रतिनीधी श्रेष्ठ बताउछन् ।

प्रति किलो ६ सय रुपैंया सम्म बजारमा विक्रि हुँदै आएको यो फलतराईका बजारहरुमा फाट्ट फुट्ट रुपमा पाईने यो फलको बजारमा माग अधिक रहेको ब्यपारिहरु बताउँछन् ।

ड्रागन फल स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । यसमा धेरै मात्रामा क्याल्सियम मिनरल पाइन्छ । यस फलको स्वाद गुलियो र अमिलो मिश्रित हुन्छ ।

फलको तौल २०० ग्राम ९१.२ के.जी हुन्छ । फल मीठो मात्र नभई, औषधीय गुणले पूर्ण हुने गरेको बताईन्छ ।

यो फलबाट विकशित मुलुकहरुमा उच्चस्तरको आइसक्रिम, केक, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउने गरिन्छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको हुने कुरा पढ्न पाईन्छ ।

स्वास्थ्यका लागि अत्यन्त लाभदायी र पोषणयुक्त फलका रूपमा ड्रागन फ्रुटलाई लिने गरिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय