२१ असार,मन्थली: मेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १२ जनाको सनाखत भएको छ ।
रामेछापको हिलेदेखी काठमाण्डौ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान १० बजेको समयमा दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछाप सुनापति गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति-५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर त्यसैगरी सुनापाति-५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ।
त्यसैगरी धुलिखेल अस्पतालमा उपचारको क्रममा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ,२५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको छ भने मृत्यु  एक जनाको भने सनाखत हुन बाँकी रहेको जनाइएको छ।बस तथा चालकलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय