३१ असार ,बारा: जीतपुरसिमरा उपमहानगरपालिकाको स्थगित नगरसभा भोलि हुने भएको छ ।
यसअघि असार १० र १३ गतेका लागि बोलाइएको नगर सभा निति तथा कार्यक्रम र बजेटको विषयमा सहमति नबन्दा स्थगित भएको थियो ।
गत विहिवार कार्यालयमा बसेको कार्यपालिका बैठकमा निति तथा कार्यक्रम र बजेटका विषयमा छलफलमा सहमतिपछि सभाको मिति तोकिएको हो ।
बैठकमा नगर प्रमुख राजन पौडेलले प्रस्तुत गरेको वार्षिक योजना, कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो ।
यसअघि प्रस्ताव गरिएको वडाको सिलिङलाई परिमार्जन गर्दैै नगर प्रमुख पौडेलले रकम थप गरेर बैठकमा प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित करिब एक अर्ब ५६ करोड बजेटमध्ये ३२ करोड वडाको सिलि»का लागि प्रस्ताव गरिएको छ ।
यसअघि नगर प्रमुख पौडेलले पहिलो पटक २८ करोड र दोस्रो पटक ३० करोड रकम छुट्याउदै कार्यपालिका सदस्यमाझ प्रस्ताव राखेका थिए ।
प्रमुख पौडेलले यसअघि राखेको उक्त प्रस्तावको विषयमा कार्यपालिका बैठकमा छलफल समेत हुन सकेको थिएन् ।
कार्यपालिका बैठकमा छलफल नहुँदै नगरसभा आवहान गरिएपछि कार्यपालिका सदस्यले असन्तुष्टी जनाएपछि यसअघिको सभा स्थगित भएको हो ।
नगर सभा स्थगित भएपछि लामो समय अन्यौलको स्थितीमा रहेको सभाको टुंगो लगाउन बैठक बसेको थियो ।
बैठकमा नगर प्रमुख पौडेलले भुगोल र जनसंख्याका आधारमा २४ वटा वडालाई ३२ करोड रकमबाट सिलिङ प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव अनुसार सबैभन्दा बढी बजेट प्राप्त गर्ने वडा नं. १६ र कम बजेट प्राप्त गर्ने वडा नं. १३ रहेको छ ।
वडा नं. १६ ले दुई करोड तीन लाख २४ हजार एक सय ५७ र वडा नं. १३ ले एक करोड पाँच लाख २१ हजार सात सय ३५ रुपैया वडा सिलिङ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय