काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ९ सय ८१ जनाको परीक्षण गरिएकोमा ३ सय ९१ जनामा संक्रमण देखिएको जनाएकाे हाे ।

थपिएसँगै सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा १ लाख २१ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, यस अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् ।

दिनदिनै कोरोना संक्रमण बढ्न थालेको छ । मंगलबार ३५७ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय