२१ श्रावण ,बारा : कार्यसम्पादन मूल्यांकनका आधारमा बारा जिल्ला प्रशासन कार्यालय मधेश प्रदेशमा पहिलो नम्बरको सूचीमा परेको छ ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८/७९ का लागि कार्यसम्पादन सम्झौताको थियो ।
सोही अनुसार सरकारी सेवा कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने प्रयोजनार्थ गठित समितिले पेश गरेको मूल्याङ्कन प्रतिवेदनमा बारा उत्कृष्टको सूचीमा परेको हो ।
बाराले ९० प्रतिशत भन्दा माथिको अंक प्राप्त गरी उत्कृष्टको सूचीमा मधेश प्रदेशमै पहिलो नम्बरमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।
यसैगरी पर्सा जिल्ला ९० प्रतिशत भन्दा बढी ल्याएर मधेशप्रदेशमा दोस्रो भएर देशभरमा उत्कृष्ट जिल्ला कै सूचीमा परेको छ । रौतहट, महोत्तरी, सर्लाही, सिराहा र धनुषाले ८० देखि ९० प्रतिशत बीचको अंक ल्याएका छन् । सप्तरीले ७७.५ प्रतिशत अंक प्राप्त गरेको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयहरूले मन्त्रालयले विकास गरेको सिआइएमएस प्रणालीमार्फत गरेको मुल्यांकन  प्रतिवेदनलाई मुद्दाहरूको फर्छ्यौट, अघिल्लो आ.व.बाट जिम्मेवारी सरेका मुद्दाको फर्छ्यौट, नागरिकता सम्बन्धी उजुरी फर्छ्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्राप्त उजुरी फर्छौट्लाइ आधार बनाएको थियो । यस्तै  राष्ट्रिय सतर्कता केन्द्रमार्फत प्राप्त उजुरी र मन्त्रालयमार्फत पठाइएका उजुरीहरूको फर्छ्यौट, उपभोक्ता हित विपरीतका कार्यहरूसम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट थिए । सरकारी वा सार्वजनिक जग्गामा भएको अतिक्रमण सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट, विपद् सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अङ्कमा बेरूजूको अवस्था शुन्य हुने अवस्था हेरिएको प्रजिअ कटुवालले बताए ।
बक्यौता बेरूजू फर्छ्यौट लगायत सूचकमा आर्थिक प्रशासन शाखा, मलेप प्रतिवेदन, नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको अभिलेख, गुनासो व्यवस्थापन शाखाको अभिलेख आदि विवरण सँग तुलना गरी यथार्थ तथ्यका आधारमा अङ्क प्रदान गर्ने प्रकृयालाई वस्तुनिष्ठ बनाइएको थियो ।
 भने इ(बुलेटिन, सूचना अधिकारीको विवरण, स्वतस्फूर्त सार्वजनिकीकरण, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाजस्ता वेबसाइट मार्फत प्रकाशन गरिने दस्तावेजहरू जिल्लागत वेबसाइट मार्फत निरीक्षण गरिएको थियो ।
गत आर्थिक वर्षमा मन्त्रालयबाट खटिई आएको टोलीले ४१ जिल्लाको स्थलगत अनुगमन गरी एकीकृत अनुगमन ढाँचा बमोजिम कार्यसम्पादनको अवस्था हेरी सुधारका उपायहरू सुझाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय